टेक शाही | साउन २१, डोल्पा | माथिल्लो डोल्पाका बिभिन्न ठाँउमा रहेका दर्जनौ पक्की र काठे पूल बाढिले बगाएको छ । बितेको १२ बर्ष यताकै उच्च बर्ष भए पछि माथिल्लो डोल्पामा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | साउन २१, डोल्पा | माथिल्लो डोल्पाका बिभिन्न ठाँउमा रहेका दर्जनौ पक्की र काठे पूल बाढिले बगाएको छ । बितेको १२ बर्ष यताकै उच्च बर्ष भए पछि माथिल्लो डोल्पामा रहेक"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढिले माथिल्लो डोल्पाका दर्जनौ पुल बगायो तिब्वतको ब्यापार समेत प्राभाबित

२०७४, २१ श्रावण शनिबार १३:२०


टेक शाही | साउन २१, डोल्पा | माथिल्लो डोल्पाका बिभिन्न ठाँउमा रहेका दर्जनौ पक्की र काठे पूल बाढिले बगाएको छ । बितेको १२ बर्ष यताकै उच्च बर्ष भए पछि माथिल्लो डोल्पामा रहेका पक्की र काठे पूल बगाएको शे–फोक्सुण्डो गाँउपालिकाका प्रमूख टासिटुण्डुप गूरुङ्गले बताए । 

बाढिले कच्ची र पक्की पूल बगाए पछि माथिल्लो डोल्पाका ३ वटै गाँउपालिकाका ५ हजार भन्दा धेरै स्थानिय प्रभाबित भएका छन । पानिका खोलाहरु सबै अत्याधिक बढे पछि शे–फोक्सुण्डो,छार्का ताङस्योङ्ग र डोल्पो बुद्ध गाँउपालिकाका प्रभाबित भएका हुन । 

तल्लो डोल्पा र माथिल्लो डोल्पाका एक गाँउ देखि अर्को गाँउ सम्म जानको लागि कुनै पनि माध्यायम रहेका छैनन खोला तर्न सकिदैन शे–फोक्सुण्डो गाँउपालिकाका उपप्रमूख धावा सम्डुक गूरुङ्गले दुखेसो पोखे । 


मुकोटको कागकोट गाँउमा नजिकै रहेको जोलुङ्गे पूल बाढिले बगाएको छ । खोलाले दिशा परिवर्तन गरे पछि पुल बगेको स्थानियले बताए । दुर्गम क्षेत्र बिकासले निमार्ण गरेको झोलुङ्गे पूल बगाएर भेरिमा लतोर पछि पूरै जनजिवन प्रभाबित भएको छार्का ताङस्योङ्ग गाँउपालिकाका प्रमूख सेनाङ्ग गूरुङ्गले जानकारि दिए । 

बाढिले माथिल्लो डोल्पाका सिडाक,तोरा सम्झोक लगायत एक दर्जन भन्दा धेरै ठाँउका कच्ची र पक्की पूलहरु बगाएको शे–फोक्सुण्डोका आङ्ग बहादुर लामाले जानकारि दिए । माथिल्लो डोल्पामा सञ्चार पनि छैन पुल बगाए पछि अन्य बिकल्पका बाटा पनि छैनन पिडामा माथिल्लो डोलका जनता बसेका छन लामाले गुनासो गरे ।

पूलहरु बाढिले बगाएको जानकारि सञ्चार समास्याका कारण सबै आइ नँसकेको र आफुले पाएको जानकारि अनुसार प्राबिधिक र आर्थिक कुराको तत्तकाल बैठक बसि मर्मत र पुन निर्माणका लागि पहल गर्ने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताए । उनेले भने जनताको दैनिकि जोडिएको छ हामी जति सक्दो लागि पर्ने छौ । 


बाढिले पुल बगाए पछि तिब्बतमा हुने ब्यापार समेत प्रभाति भएको छ । माथिल्लो डोल्पाका जनताको लागि नुन र खाद्यान्न नेपाल सरकारले तिब्बतबाट यसै बेलामा बितरण गर्ने भएकोले यो समयमा माथिल्लो डोल्पाका सबै जनता तिब्त जाने गर्दछन । बर्षमा एक पटक सरकारले माथिल्लो डोल्पाका जनताका लागि नेपाल तिब्त सिमामा बितरण गर्ने जिल्ला प्रशाुन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

खाद्यन्न ल्याउनको लागि धो र तिन्जे हुदै माव छेडरा नाका र फोक्सुण्डो साल्दाङ्ग हुदै क्याटो नाका ३ खेदि ४ दिन सम्म खुुल्ने गरेको डोल्पो बुद्धका प्रमूख तेम्बा गूरुङ्गले जानकारि दिए । तेम्बाले भने पुल बगायो तिब्बतले यहि २६ गते नाका खुल्ला गर्छ अब कसरि जाने कुनै माध्याम छैन माथिल्लो डोल्पाको पिडा कस्ले बुझने उनले दखेसो पोखे । 


दुबै वटा नाका खुल्ला भए पछि माथिल्लो डोल्पाका जनताले नुन र चामल मात्र होइन दैनिक उपग्य सामान पनि खरिद गर्ने गरेको आङ्ग बहादुर लामाले बताए । लामाले भने अबको ४ दिनमा पुलको मर्मत नगरे माथिल्लो डोल्पाका जनताले नुन चामल र अन्य दैनिक उपभोग्य सामान आयात गर्न नपाउने र ठुलो समस्यामा माथिल्लो डोल्पाका जनता पर्ने बताए । 

माथिल्लो डोल्पामा सञ्चार सेवा नभए पछि त्यस क्षेत्रका जनता हरेक सेवाबाट बञ्चित हुने गरेका छन । हाल सम्म कुनै पनि सञ्चारका सेवा प्रबाह नेपाल टेलिकमले गर्न सकेको छैन एक कल फोनको लागि घण्टौ हिडेर आउने गर्दछन माथिल्लो डोल्पाका जनताहरु सञ्चार बिहिन छ माथिल्लो डोल्पा । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी