प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएक"/>
2026-07-24 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिक जाम र धुलाेको समस्या छिट्टै हल गर्ने: भाैतिक योजना तथा यातायात मन्त्री वलायर

प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएकाे छ। शनिबार राजधानीकाे चावहिलमा रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको बार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्बाेधन गर्दै उहाँले मेलम्ची खानेपानी आयोजनाले पाइप विस्तारकाे कार्यमा ढिलासुस्ती हुदाँ काठमाडौंका सडकमा खाल्डाखुल्डी र धुलाम्य भएको बताउनुभएकाे हाे। 

उहाँले सडकमा ट्राफिक लाईटका उचित व्यवस्थापन हुन नसक्दा समेत दैनिक रूपमा यात्रुले जामकाे समस्या बेहाेर्नु परेकाे धारणा राख्नुभयाे । उहाँले भन्नुभयाे – ‘नागरिककाे दैनिक जीपनयापनमा परेका यस्ता समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे मन्त्रालयमा छलफल भइरहेकाे छ ।’

राजधानीमा मात्रै नभई देशका अन्य स्थानमा समेत गुणस्तरीय सडक निर्माण हुन नसकेको बताउदै उहाँले दिर्घकालिन रूपमा नै याेजनाबद्ध रूपमा अगाडि बढ्ने बताउनुभयाे ।

भौतिक पूर्वाधारका काममा तीव्रता दिने,सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताएका छन् ।

देशमा युवाहरू वेराेजगार र खाडि मुलुकमा जाेखिमयुक्त काममा जान बाध्य भइरहेकाे बेला रोयल ए–वान फास्टफुड ग्रुपले स्वदेशमा नै राेजगारी दिएर अार्थिक विकासमा टेवा पुगेकाे बताउनुभयाे । उहाँले स्वदेशमा नै राेजगारीकाे वातावरण बन्दा युवा विदेश पलायन हुनबाट राेकिने धारणा राख्नुभयाे । मन्त्री वलायरले भन्नुभयाे – ‘अाफ्नाे मन्त्रालय यस अन्तगत नपरेपनि सरकारकाे जिम्मेवार निकायमा अाफु रहेकाले सम्बन्धित मन्त्रालयमा राज्यबाट व्यवसायीले पाउनुपर्ने सेवा सुविधाकाे वारेमा स्पष्ट नीति ल्याउन सकरात्मक पहल गर्छु।’

काङ्ग्रेस नेता समेत रहेका वलाएरले मुलुकाे अार्थिक विकासमा नीजि क्षेत्रले महत्त्वपूर्ण भुमिका खेलेकाे धारणा राख्नुभयाे ।

कार्यक्रममा रोयल ए–वान फास्टफुड ग्रुपले मन्त्री बलाएरलाई सम्मान गर्नुका साथै सफल कार्यकालकाे शुभकामना दिएकाे छ । त्यसैगरी फास्टफुट ग्रुपमा अावद्ध विभिन्न व्यक्ति तथा संस्था र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेकाे छ । 

कार्यक्रममा अन्य वक्ताहरूले दुर्गम जिल्ला रामेछापबाट काठमाण्डौं अाएर बसेका व्यक्तिहरूकाे लगानीबाट स्थापना भएकाे व्यवसायले राेजगारकाे अवसर सिर्जना हुनुकाे साथै मुलुककाे अार्थिक विकासमा टेवा पुग्न मद्दत पुगेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक