१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्नेमा महीलाहरुले माग

१४ भाद्र २०७२, सोमबार ०३:१७

कमल रावल/भदौ १४, अछाम । साक्षर एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने अछामका एकल महीलाले माग गरेका छन ।

अधीकांश एकल महीलाको जीवीकोपार्जनमा समस्या भईरहेको भन्दै उनीहरुले शीक्षीत र साक्षर महीलालाई उनीहरुको क्षमता र योग्यता अनुसारको रोजगारीको व्यवस्था सरकारले नै गर्नुपर्ने माग गरेका हुन ।

क्रियाशील पत्रकार महीला (डब्लुडब्लुजे) अछामले आज मंगलसेनमा गरेको जिल्लामा एकल महीलाहरुको अवस्थाका बारेमा गरेको सन्डेक्लबमा उपस्थित अधीकांश एकल महीलाहरुले सरकारले विशेष अधीकार सहित एकल महीलाहरुलाई रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका हुन ।

क्रियाशील पत्रकार महीला (डब्लुडब्लुजे) अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षता तथा मानव अधीकारका लागी जिल्ला एकल महीला समुह अछामका अध्यक्ष मथुरा जैगडीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा उनीहरुले समाजमा अझैपनी एकल महीलालाई हेर्ने दृष्टीकोणमा परीवर्तन हुन नसकेको भन्दै आफुहरुको सम्मान पुर्वक बाच्न पाउने अधीकार सुनीश्चीत हुनुपर्ने माग गरेका छन ।

यस्तै सरकारले जिल्लामा महीलाको लागी विनीयोजन गर्ने बजेटमा एकल महीलाहरुको पहुँच नभएको उनीहरुले बताएका छन । प्रत्येक वर्ष महीलाहरुको लागी जिल्लामा आउने बजेटको केही प्रतीशत रकम एकल महीलाहरुको विकासका लागी पाउनु पर्ने भएपनी त्यो रकम अन्यत्र खर्च गर्ने गरेको भन्दै गुनासो पोखेका छन ।

नारी चेतना केन्द्र अछामका अध्यक्ष मना भण्डारी विशिष्ट अतीथी रहनु भएको कार्यक्रममा एकल महीला समुह अछामका पदाधीकारी, स्थानीय एकल महीला, डब्लुडब्लुजे अछामका सम्पुर्ण पदाधीकारीको उपस्थिती रहेको थीयो । कोषाध्यक्ष मेनुका ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विद्युत्मा रैकाले गर्नुभएको थीयो भने उपाध्यक्ष सर्मिला धरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार