१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

१४ भाद्र २०७२, सोमबार ०३:१९

कमल रावल/भदौ १४, अछाम । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अछामको आर्थिक सहयोग तथा पीसबीन अछाम द्धारा संञ्चालीत शिक्षा परियोजना अन्र्तगत गावीस स्तरिय बार्षिक समिक्षा कार्यक्रम पुर्बि क्षेत्रका ३ वटा गाबिस चाल्सा, विनायक र तोली गावीसमा सम्पन्न भएको छ ।

संस्थाबाट सन २०१४ अक्टोम्बर देखी २०१५ सेक्टेम्बर सम्म १ वर्षको अवधिमा संञ्चालन गरिएका क्रियाकलापको समिक्षा गरिएको हो । कार्य क्षेत्रका बालबालीकाको आधारभुत तहको गुणस्तरिय शिक्षामा समान र सहज रुपमा सहयोग पुरयाउने उदेश्यले ३ वटै गावीसमा कार्यक्रम बाल मैत्री शिक्षण सिकाइ बातावरणको सृजना भएको, बिद्यार्थीहरुको बिद्यालयमा नियमीत उपस्थीती दरमा बृद्धी भएको पाईएको छ ।

कार्यक्रमबाट चाल्सा गाबिसका एक सय ७९ जना छात्र, एकसय ७१ जना छात्रा,एकसय ५९ बयस्क महिला,र एक सय ५६ जना पुरुष गरि ६ सय ६५ जना र तोलिका ७ सय ७७ छात्रा, ७ सय २९ छात्र गरि १५ सय ६ वयस्क महिला १ सय ५२, पुरुष १ सय ९३ गरि ३ सय ४५ जना लाभाम्वित भएका छन ।

कार्यक्रम मार्फत बाल बालीकाको क्षमतामा अभीबृद्धी भएको, विद्यालयमा नियमित उपस्थिती दरमा वृद्धि भएको पाइएको छ । कार्यक्रममा सहभागि सबै गाबिस स्तरिय विद्यालय ब्याबस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, वाल विकास केन्द्रका सहजकर्ता, गाबिस स्थित राजनितिक दलका प्रतिनिधीले १ बषको अवधिमा आफनो गाबिसमा निकै शिक्षा सुधार आएकाले आगामि दिनमा अझै प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोड दिएका थिए ।

बार्षिक समिक्षा कार्यक्रमको सहजिकरण पिसविन अछामका कार्यक्रम अधिकृत दिलिप बोहरा, वल्र्डभिजन ईन्टरनेशल नेपाल अछामका बिकास अधिकृत दुर्गा थापा, विकास सहायक जानकी न्यौपाने, विश्व राना, रेडियो रामारोशनका कमल रावल, पिसविन अछामका फिल्ड सुपरभाईजर देवानन्द खतिवडा, जगत बोहरा, चम्फा कडायत र प्राविधिक यम रावतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार