२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गुफा बस्ने धामी झाँक्री सम्मानित

२०७४, २५ श्रावण बुधबार ०२:२३

साउन २५, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा स्थानीयको धार्मिक मान्यता अनुसार रातभर गुफा बसेर पुजाआजामा संलग्न धामी झाँक्रीलाई सम्मान गरिएको छ । 

परापुर्व कालदेखि पुजाआजा गर्दै आएको मार्गा पोखरीमा यहाँका धामी झाँक्रीले पुर्णिमाको अघिल्लो रात जाग्राम बसी पुजा गर्ने चलन छ । 

सोही परम्परालाई निरन्तरता दिँदै हरेक वर्षको भदौरे पुर्णिमाको आसपास धार्मिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित मेला लाग्ने गरेको छ । 

सोही मेलाको अवसरमा यो वर्षपनि सोमबार राति जाग्राम बसेका धामी झाँक्रीहरुलाई मेला आयोजक रत्नदेवी युवा सेवा समाजले सम्मान गरेको हो । 

धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपुर्ण मार्गा पोखरीको प्रचार प्रसारका लागि पनि मेला लगाउन थालिएको स्थानीय युवा बताउँछन् । पोखरीको धार्मिक महत्वलाई उचाईमा पु¥याउँदै पर्यटकहरुलाई आकर्षण गर्न मेला आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष अनिल आँखेवाले बताए । मेलाकै अवसरमा परम्परा जोगाउने धामी झाँक्रीहरुलाई पनि सम्मान गरिएको उनले बताए । 

आध्यात्मिक ज्ञान आर्जन गर्ने उदेश्यका साथ भदौरे पुर्णिमाका दिन पहिलो रात गुफा बस्ने, र भोलिपल्ट स्थानीय रत्नदेवी थानमा पुजाआजा गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको स्थानीय धामी कान्छाबहादुर लिम्बुले बताए । 

यो बेला धामीहरुले १० दिनदेखि निरन्तर कुल पुजा गर्ने गरेका छन् । पुर्णिमाका दिन धामीहरुले मौलिक नाच देखाएर स्थानीयलाई मनोरन्जन समेत दिने गरेका छन् । 

यो वर्ष उक्त अवसरमा आयोजित मेलामा पुरुष भलिबल प्रतियोगिता, खुला लोक नृत्य प्रतियोगिता समेत गरिएको अध्यक्ष आँखेवाले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से