२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मि सम्मानित

२९ भाद्र २०७२, मंगलवार ०९:३९

unnamed

कमल रावल/भदौ २९, अछाम । अछाम जिल्लामा एक बर्षको अवधिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मि सम्मानित भएका छन् ।

स्वास्थ्यको काम गरिने विभिन्न सुचकका आधारमा जिल्ला भरि नै राम्रो काम गर्ने ३ स्वास्थ्य चौकी सम्मानित भएका छन ।

यस बर्ष विभिन्न सुचकहरुमा उत्कृष्ट नतिजा ९२ प्रतिशत अंक प्राप्त गर्न सफल बारला स्वास्थ्य चौकी, ८२ दशमलव ५ प्रतिशत अंक प्राप्त गर्न सफल हिच्मा स्वास्थ्य चौकी दोस्रो, ७९ प्रतिशत अंक प्राप्त गर्न सफल सान्तडा स्वास्थ्य चौकी तेस्रो र ७७ प्रतिशत अंक प्राप्त गर्न सफल पुल्लेतोला स्वास्थ्य चौकी चौथो भएका छन ।

जिल्लाका ७४ स्वास्थ्य चौकी र २ प्राथमिक स्वास्थ्य केन्द्र गरि १ देखि ४२ स्थानमा परेका छन । यस वर्ष नाडा स्वास्थ्य चौकी, गाज्रा, ढुगाचाल्ना र वारला पुछारमा परेका छन ।

गत आर्थिक बर्ष २०७१÷ं७२ को वार्षिक प्रगति तथा ०७२÷०७३ का लागि कार्ययोजना निर्माण गरिएको ४ दिने समिक्षा गोष्ठिको क्रममा यो नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गर्ने पुल्लेतोलाका शैलेन्द्र यादव, जयगढका सविता केसि, कमलबजारका भुमिनन्द ढुगाना र कालिकाका मिन बहादुर चन्द भएका छन ।

यस्तै जिल्ला स्तरमा राम्रो गरेवापत जिल्ला अस्पतालका सिनियर अनमि निरिक्षक गंगा बुढामगर, एआर टि वितरक प्रबेश भण्डारी, डाक्टर केशव भटराई, वयालपाटा अस्पतालका डाक्टर बिकास गौचन, जेआईजेटका उमा पाठक सम्मानित भएका छन ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अथिती क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक पर्शुराम श्रेष्ठ तथा जिल्ला स्वास्थ्य अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालले अभिनन्दन सहित सम्मान पत्र प्रदान गरेका थिए ।

यस्तै जिल्लाको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन सहयोग गर्ने गैरसरकारी सस्था र सुचना, समाचार र सन्देश प्रशारण योगदान गर्ने जिल्ला स्थित छापा तथा इलेक्टोनिक सबै सञ्चार माध्यमलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी