Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर बगेका १० वर्षीय बालकको मृत्यु

By kit 1 मिनेट पढाइ

<p><b>साउन २५, कैलाली । </b>कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ ।&nbsp;<br></p><p>धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिनुभयो ।&nbsp;</p><p>नदीमा बगेको करिब डेढ घण्टापछि १०० मिटर तल बालकको शव फेला परेको जनाइएको छ । रासस&nbsp;</p>