३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुम जिल्ला अदालतमा ७७ प्रतिशत मुद्दा फछ्र्यौट

२५ श्रावण २०७४, बुधबार ०७:५५

साउन २५, तेह्रथुम । जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३/७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो । 

अदालतले गत वर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । दर्ता भएका २१० थान मुद्दामध्ये उक्त अवधिमा १६६ थान मुद्दा फछ्र्यौट गरेको जिल्ला अदलात तेह्रथुमका श्रेस्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आवका लागि ४७ थान मुद्दा सरिआएका छन् । अदालतले चालु आवमा २६२ थान मुद्दा दर्ता हुने लक्ष्य राखेको छ । अदालतकाअनुसार हालसम्म फैसला भएकामध्ये ३९६ वर्ष चार महिना २७ दिन कैद फैसला कार्यान्वयन हुन बाँकी रहेको छ । 

यस्तै रु ३७ लाख ६५ हजार १४८ जरिवाना समेत असुल गर्न बाँकी रहेको श्रेस्तेदार दाहालले बताउनुभयो । यो वर्ष फैसला भएको १५७ वर्ष सात महिना एक दिन कैदमध्ये १०७ वर्ष एक महिना १६ दिन कार्यान्वयन भइरहेको छ । भने ५० वर्ष बढी कैद फैसला कार्यान्वयन हुन बाँकी छ । 

यस्तै रु पाँच लाख ८१ हजार जरिवाना तोकिएकोमा तीन लाख ८३ हजार ९७३ कार्यान्वयन हुनसकेको छैन । यो वर्ष ८४ वटा फौजदारी सम्बन्धी मुद्दा फैसला भएका छन् । 

अदातलका अनुसार दर्ता भएकामध्ये सबैभन्दा धेरै महिला हिंसा र सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता