लोकेन्द्र प्रशाद जोशी/साउन २५, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइएको सुर्मा भवानीको जात्रा समापन भएको छ । 

स्थानीय भाषामा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २५, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइएको सुर्मा भवानीको जात्रा समापन भएको छ । 

स्थानीय भाषामा क"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

ऐतिहासिक सूर्मा भवानीको सुर्मासरोवर जात्रा छैटी दिएर समापन गरियो

२०७४, २५ श्रावण बुधबार १२:४६


लोकेन्द्र प्रशाद जोशी/साउन २५, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइएको सुर्मा भवानीको जात्रा समापन भएको छ । 

स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा गत साउन १८ गतेबाट शुरु भएको हो । औँसीदेखि १७ दिन र रतेडिदेखि सातदिन सम्म मनाइएको जात्रा विधिवत रुपमा छैटी दिएर समापन भएको हो । यो जात्रा हालको अपि हिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मासरोवर सम्म गएर मनाइएको हो ।

जात्राको सातौ दिन उवादेशी अथवा क्षेत्ती गर्खाका समुदायमा बस्ने वासिन्दाहरूले आफ्नो जेठो छोराको छैठ दिने चलन छ । यो दिन आफ्ना इष्टमित्रहरू वोलाएर भोज खुवाउने विगत देखि चलन भएको कारण छैटी दिएर क्षेत्ती जात्रा समापन भएको मदन सिह कार्कीले बताउनुभयो । 


छैठमा कालीदेवीको मन्दिरमा सयौ खसीको बलि दिने चलन छ । किंवदन्ति अनुसार पहिला त्यस मन्दिरमा आफ्नो जेठो छोरा वा छोरीको वलि दिने गरिन्थ्यो तर अहिले त्यसको सट्टा वोकाको वलि दिने चलन रहि आएको बताइन्छ । यस दिन छैठका गीतहरू गाउने चलन छ । सात दिनसम्म सयौको संख्यामा भक्तजनहरु क्षत्ति घाजिर पुगेर पूजा आजा गरेका छन ।

सुर्मासरोवर बझाङ जिल्ला र दार्चुला जिल्लाको सिमानामा पर्दछ । हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी