१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

२६ श्रावण २०७४, बिहीबार ०२:२१

साउन २६, गोरखा । उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । 

सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताउनुभयो । 

बोलीचालीको गुरुङ भाषाका शब्द संकलन गरिसकिएको छ । एउटै शब्दलाई टोलपिच्छे फरकफरक शब्दले बोलिने भएकाले सबै शब्द संकलन गरिएका हुन् । गुरुङ भाषा पाठ्यक्रम तयार गर्न ११ सदस्यीय समिति गठन भएको छ । समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार पाठ्यपुस्तकको खेस्रा तयार भइसकेको छ । 

“आउँदो शैक्षिक सत्रमा कक्षा १, अर्को वर्ष कक्षा २ गर्दै माध्यमिक तहसम्म गुरुङ भाषाबाट पठनपाठनको व्यवस्था मिलाउँछौँ” गुरुङले भन्नुभयो । बारपाक, लाप्राक, उहिया, गुम्दा, लापु, सिर्दिबास, स्वाँरा र सौरपानी, घ्याच्चोक, केरौंजा गाउँका गुरुङ समुदाय गुरुङ भाषाको पाठ्यपुस्तक बनाउन जुटेका छन् । 

स्थानीय भाषामा पाठ्यक्रम तयार गरी पठनपाठन गर्न संविधानले नै अधिकार दिएको छ । उत्तरी गोरखामा बोलिने भाषालाई घले समुदायले आफ्नो घले भाषाको संज्ञा दिने र गुरुङ समुदायले गुरुङ भाषाको संज्ञा दिने गर्छन् । 

उत्तरी गोरखामा बोलिने तमु भाषा भनिनुपर्ने घले समुदाय बताउँछन् । उत्तरी गोरखा तमु समाजले पाठ्यक्रम निर्माणको अगुवाइ गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते