२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बागभिडिमा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने

६ कार्तिक २०७२, शुक्रबार १२:३३

कमल रावल/कात्तिक ६, अछाम । अछाम जिल्लाको बागभिडिमा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कालिका क्लब साफेबगर नगरपालिका वडा नम्बर ३ बागभिडीको आयोजनामा पिपलतोला खेल मैदानमा कात्तिक १३ गते बाट पहिलो पटक ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जन कुवरको स्मृतिमा सृजना स्मृति कप २०७२ प्रथम जिल्ला स्तरिय प्रतियोगिता हुने क्लबका सँरक्षक प्रेम बहादुर कुवरले बताउनु भयो । टेनिश बलद्धारा खेलिने खेलमा प्रथम हुने टिमले नगद ३० हजार सहति कप, मेडल र प्रमाणपत्र हात पार्नेछन । यस अघि जिल्लामा ३० हजार राशिको नै क्रिकेट प्रतियोगिता जिल्लाको ओलिगाउमा नयाँ बर्षको अवसरमा बैशाखमा भएको थियो ।

आफनो क्षेत्रमा क्रिकेटका लागि केहि नयाँ आयाम दिनका लागि आफनो ब्यक्तिगत रुपमा भएपनि सहयोग गर्नका लागि क्रिकेट प्रतियोगिता पहिलो पटक गरिएको कप्तान नितेश कुवरले बताउनु भयो ।

आफनो श्रीमतीको बार्षिकी स्मृतिको अवसरमा बर्षेनि प्रतियोगिता लाई अब पुर्णता दिने उनले बताए । प्रतियोगितामा मुख्य मिडिया पार्टनरको रुपमा रेडियो रामारोशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी