२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम सृजना स्मृति कप क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा ४ टिम विजयी

१४ कार्तिक २०७२, शनिबार १८:०७

achham cricket

कमल रावल । कात्तिक १४, अछाम । अछाम जिल्लाको साफेबगर नगरपालिका बडा नम्बर ३ बागभिडीमा जारी प्रथम सृजना स्मृति कप २०७२ क्रिकेट प्रतियोगितामा दोस्रो दिनमा भएको खेलमा ४ टिम विजयि हुदै माथिल्लो स्थानमा प्रबेश भएका छन ।

प्रतियोगितमा पहिलो खेलमा नवजागरण युथ क्लब प्रभा र वैद्यनाथ युवा क्लब कालिमाटी विच भएको खेलमा कालिमाटी २५ रनले विजयि भएको छ । टस जितेर पहिले ब्याटिग गरेको कालिमाटीले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ७६ रन बनाएको थियो । जवाफमा प्रभा ११ ओभरमा अलआउट हुदै ५१ रनमा सिमित भएको थियो । दोस्रो खेलमा सर्घषशिल युवा क्लब मगलसेन र वैद्यनाथ युवा क्लब कालिमाटी विच भएको खेलमा मगलसेन ७ विकेटले विजयि भएको छ । मगलसेनले टस जितेर फिल्डीग गरेपछि कालिमाटीले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर ७१ रनको बनाएको थियो, जवाफमा मगलसेनले ७ ओभरमा मात्र ३ विकेट गुमाएर जित हासिल गरेको थियो । तेस्रो खेलमा रिडिकोट युवा क्लब बि र बयालपाटा युवा क्लब ए विच भएको खेलमा रिडिकोट बि बिजयि भएको छ भने चौथो खेलमा टँक स्मृति युवा क्लब जुपुले बान्निगढी युवा क्लब गाज्रालाई पराजित गरेको छ । प्रतियोगिताको तेस्रो दिन आज ५ वटा खेल हुने आयोजकले जनाएको छ ।

आज बिहान ८ बजे त्रिपुरा लुग्रा र बैद्यनाथ धाम, बिहान १० बजे एयरपोर्ट बजार र डिसि क्लब मगलसेन, १२ बजे आयोजक क्लब कालिका क्लब बागभिडि र रिडिकोट युवा क्लब, २ बजे बयालपाटा क्रिकेट क्लब र बयालपाटा बि र ४ बजे पाचौँ खेल झरना खोला पायडि र पुलबजार लाईन्स क्लब बिच खेल हुने भएको छ । जिल्लामै पहिलो पटक कालिका क्लब बागभिडीका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जना कुवरको स्मृतिमा कप्तान कुवरले आफनो ब्यक्तिगत १ लाख भन्दा बढी लगानिमा प्रतियोगिता गरिरहनु भएको छ । २२ वटा टिम सहभागि प्रतियोगिता बाट ५ वटा टिम बाहीरि सकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन