२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

२०८२, २७ बैशाख शनिबार ११:५५

मुस्ताङ  | उत्तरी चीनसँग सिमान जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।

उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबारदेखि उपल्लो मुस्ताङमा दुईदिने राष्ट्रिय परिचयपत्र वितरण शिविर सुरू गरेको छ ।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु) र उपाध्यक्ष छिरिङ ल्हामो गुरूङको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मुस्ताङअन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द चराङमा पुगेर तीन सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । स्थानीय तहको समन्वयमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डसहित लोमान्थाङमा छ सय ६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको प्रजिअ भुसालले बताउनुभयो ।

उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि चार जना कर्मचारी खटिएको प्रजिअ भुसालको भनाइ छ । यसअघि राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता प्रक्रिया पूरा गराउन मुस्ताङको जोमसोम पुगेर नामाङ्कन दर्ता गरेका नागरिकलाई गाउँपालिका केन्द्रमै राष्ट्रियपत्र पाउँदा निकैनै खुसी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गर्नुभयो । अध्यक्ष विष्टका अनुसार राष्ट्रियपत्र लिन जोमसोम आउजाउँ गर्दा नागरिकको कम्तीमा प्रति व्यक्ति छ हजार बढी रकम खर्च हुनेमा प्रशासनबाट खटिएको टोलीबाट शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्दा स्थानीय नागरिकले आर्थिक भार व्यवहोर्नु नपरेको अध्यक्ष विष्टले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट खटिएको टोलीले स्थानीय नागरिकको सेवा र सुविधालाई ध्यानमा राखेर जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको हो । शिविर सञ्चालनबाट दिनै खर्चिएर सदरमुकाम जोमसोम धाउनुपर्ने झन्झट टरेको लोघेकर दामोदरकुण्ड–१ वडाध्यक्ष टै ढिन्डुक ठकुरीले बताउनुभयो । प्रशासनले पालिकावासी र नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको वडाध्यक्ष गुरूङको भनाइ छ ।

पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता तथा बैंक खाता खोल्न र अन्य प्रशासनिक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएसँगै मुस्ताङमा स्थानीय नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न वितरण दर्ता गर्ने क्रम बढेको छ । नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा