Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुस्ताबासीले भारतीय सीमाको बाँध भत्काईदिए

२०७४, १ भाद्र बिहीबार १०:३८


श्याम थापा/भदौ १, नवलपरासी । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । 

जिल्लाको सुस्ता गाउँपालिकाको वडा न.१ र वडा न.२ डुबान परेपछि स्थानियबासीहरुले भारतिय पश्चिमी नहरलाई भत्काउने प्रयास गरेका छन भने नेपाल प्रहरी प्रशासनले भने यो कार्यलाई रोक लगाएको छ । 

सुस्ता गाउँपालिका वडा न.१ र वडा न. २ को स्थानियबासीहरुको घरबास पानीले उठिबास गर्न लागेपछि र स्थानियबासीहरुको १ हजार बिगाहा भन्दा बढी धानबाली पनि नष्ट गर्न थालेपछि पानीको निकास निकाल्नको लागी भारतिय पश्चिमी नहर भत्काउन थालिएको स्थानियबासीहरुले बताएका छन । 

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८/१० मिटर बाँध भत्काइसको बताइएको छ । तर स्थानीय प्रशासनले बाँध भटकाउन रोकेको बताइएको छ ।

लगातार अबिरल बर्षाको कारणले पानीको निकाश नहुदा सुस्ता गाउँपालिकाको वडा न.१ अन्र्तगत बरुवा, छिबनी, फेचुहा र रुपौलिया त्यसतै गरि वडा न.२ अन्र्तगतको सत्तपति र महलबारी गरि १ हजार बिगाहा भन्दा बढी धानबाली र नगदेबाली उखुँ नष्ट भएको छ । 

साथै आफुहरु र आफ्नो खेतीपातीहरु बर्षेनी यसरी नै डुबानमा पर्ने गरेको सुस्ता गाउँपालिका वडा न.१ छिबनी बस्ने बाबुराम सुबेदीले बताएका छन । सो डुबानबाट बच्नको लागी भारतिय नहरमा एउटा साईफन बनाउनु गर्ने पनि सुबेदीले बताए । 

यस बिषयमा पटक पटक नेपाली प्रशासनलाई भन्दा पनि कुनै सुनुवाई नभएको स्थानियबासीहरुले गुनासो पनि गरेका छन । भारतिय पश्चिमी नहरमा पानी निकासका लागी सईफन वा अटोमेटिक फाटक बनाउनु पर्ने एउटै बिकल्प मात्र रहेको सुस्ता गाउँपालिका कार्यालय कुडिया नवलपरासीका गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन । 

आफुहरु डुबानमा पर्ने र पानीको निकास निकाल्न खोज्दा प्रहरीहरुले रोक लगाउने कार्य निन्दाजनक भएको सुस्ता गाउँपालिका वडा न.१ का वडा सदस्य ज्ञानु न्यौपानेले आपती पनि जनाएका छन । 

आफुहरुलाई यो समस्याबाट मुक्त गराईदिनको लागी सरोकारवालहरुलाई स्थानियबासीहरुले अनुरोध पनि गरेका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ