2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठमा महिलाको हत्यामा संलग्न नुवाकोटका युवक पक्राउ

भदौ २, काठमाडौँ । गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरगया गाउँपालिका–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न अभियुक्त काठमाडौँ तारकेश्वर बस्ने नुवाकोटको ककनी गाउँपालिका–२ का ३० वर्षीय सुदामा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । 

लामिछानेलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले कपिलवस्तुबाट गत साउन ३२ गते पक्राउ गरी आज महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

अभियुक्त लामिछानेले लुटेको गहना वनस्थली नर्सरीचोकस्थित दीपज्योती सुनचाँदी पसलमा रु एक लाख १५ हजारमा बिक्री गरी कपिलवस्तुमा गई लुकीछिपी बस्दै भारततर्फ जानका लागि भारतीय रुपैयाँ समेत सटही गरी बसेका अवस्थामा पक्राउ गरिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 

उक्त घटनाको अनुसन्धानका क्रममा गीताको घरमा करिब एक हप्ता काम गरी रु एक हजार लिएर काम छोडी हिँडेका लामिछानेले दुई हप्तापछि विदेश जान लागेको भन्दै मृतक पार्वतीसँग पैसा मागेको तर पैसा नभएको भनेपछि फर्किएर गएको खुलेको छ । 

त्यसको केही दिनपछि बालाजुस्थित होटलमा साथीसँगै बसेर गीताको घरमा लुटपाट गर्ने योजना बनाई उक्त दिन घरमा पुगेर मृतक पार्वतीलाई ह्याम्मर प्रहार गरी दराजमा रहेको सुनको चुरा दुई थान, बाला दुई थान, औँठी दुई थान, लकेटसहितको सिक्री एक थान, झुम्का एक जोर गरी करिब २७ तोला सुन, आइप्याड एक थान र घडी एक थानसमेत लुटी फरार भएका थिए । 

हत्याका क्रममा लामिछानेसँग साथमा रहेका नाम र वतन नखुलेका ‘भरौटे’ भन्ने व्यक्तिलाई अझै पक्राउ गर्न नसकिएको र उनको खोजी जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिनुभयो । 

गीता ढकालको ट्याब, गहना पगालेको सुन २३.४३ ग्राम र भारत जानका लागि साटेको भारतीय रुपैयाँ २९ हजारसमेत बरामद गरी पक्राउ परेका लामिछानेलाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाएको छ । 

साथै अभियुक्त लामिछानेले ल्याएका बिल नभएका सुनका गरगहना बिक्री वितरणमा संलग्न अन्य दुई जना र खरिद गर्ने सुन पसले समेतका तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उक्त सुनका गरगहना दीपज्योति सुनचाँदी पसलका सञ्चालकले पगालीसकेका अवस्थामा बरामद भएको छ । 

निज लामिछाने विसं २०६३ असोजमा जबर्जस्ती करणी (अप्राकृतिक मैथुन) मुद्दामा पक्राउ परी आठ वर्ष जेल सजायसमेत भुक्तान गरी विसं २०७१ मा छुटेको समेत महाशाखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई