2026-07-24 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार यो वर्षकै ठूलो सूर्यग्रहण, नासाले दियो साबधानका लागि यस्ता पाँच टिप्स


भदौ ३, काठमाडौँ । आइतबार यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । दुर्इ हप्ताअघि चन्द्रग्रहण लागेको थियो । 

ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा समेत पर्ने गर्दछ । तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् ।

यसपटक भदौ ४ का दिन सूर्यग्रहण लाग्ने छ । नेपाली समय अनुसार, यो ग्रहण राती ९ बजेर ३० मिनटमा शुरु भएर दुई बजेर ४९ मिनेटमा समाप्त हुनेछ । नेपालमा भने यो बेला रात पर्ने भएकोले यहाँबाट सूर्य ग्रहण देखिने छैन । यो ग्रहणलाई वर्ष २०१७ को सबैभन्दा ठूलो ग्रहणका रुपमा लिइएको छ ।

मानिसहरुको ग्रहण प्रतिको उत्सुकतालाई लिएर संसारकै सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी नासाले यो सूर्य ग्रहणको लाइभ टेलिकास्ट गर्ने भएको छ । आफै सूर्य ग्रहणलाई क्यामरामा उर्तान चाहनेहरूका लागि यस्ता सवधानी अपनाउन आग्रह गरेका छन् । नासाले सुझाएका यी सावधानीका बारेमा जाने सूर्य ग्रहण जस्तो अद्भूत खगोलीय घटनालाई क्यामरामा उर्तान कुनै किसिमको समस्याको सामना गर्नुपर्दैन ।

१. सुरक्षाको ख्याल राख्नुहोस् : सूर्य ग्रहणको तस्विर खिच्ने क्रममा क्यामरामा सोलार फिल्टर अवश्य राख्न्होला । साथै तस्विर खिच्ने बेलामा आफ्नो आँखालाई अल्ट्राभायलेट किरणबाट जोगाउन चश्मा लगाउनुहोस् । जब चन्द्रमाले सूर्यलाई पुरै ढाकेपछि क्यामराबाट सोलार लेन्स हटाउनुहोस् ताकी तपाईंले सूर्यको बाहिरी आवरण देख्न सक्नुहुन्छ । साथै तस्विर लिँदा ट्राईप्याड पनि साथमा राख्नुहोस् ताकी फोटो खिच्दा क्यामरा हल्लेर तस्विर ब्लर हुन नपाओस् ।

२. कुनै पनि क्यामराले तस्विर खिच्न सक्नुहुन्छ : सूर्य ग्रहणको तस्विर तपाईंहरुले कुनै पनि क्यामराले खिच्न सक्नुहुन्छ । तपाईं आफ्नो मोबाइल या कुनै पनि डिएसएआिर क्यामराले तस्विर खिच्न सक्नुहुन्छ । यदि तपाईंको क्यामरामो जूम लेन्स छैन भने पनि ल्याण्डस्केप सट्सबाट तस्विर खिच्नुहोस् । यसरी तपाईंले सूर्य ग्रहणको निकै राम्रो तस्विर खिच्न सफल हुनुहुनेछ ।

३. आकाशको साथसाथै वरपरको तस्विर पनि खिच्नुहोस् : तपाईं केवल सूर्य ग्रहणको मात्र तस्विर नखिच्नु होला । सूर्य ग्रहण हुँदा खगोलमा खिच्न लायक धेरै कुराहरु हुन्छन् । जस्तै यदि तपाईंले सूर्य ग्रहणको बेलामा एउटा रुखको तस्विर खिचे पनि त्यसले सूर्य ग्रहणको समयलाई निकै राम्ररी बयान गर्छ ।

४. यो उपाय अप्नाउनुहोस् : सूर्य ग्रहणको समयमा सूर्यको किरण कम हुन्छ । यस्तो समयमा तपाईं तस्विर एक्सपोजरलाई एडजस्ट गनर्सहोस् । DSLR क्यामराले तस्विर खिच्ने क्रममा अपर्चर f/8 देखि f/16 बनाउनुहोस् । सटर स्पिड 1/1000 देखि 1/4 सेकेन्ड बनाउनुहोस् । यस्तो गर्नाले सूर्य ग्रहणको तस्विर राम्रो आउँछ ।

५. फोटोग्राफीको अनुभव सटासट गर्नुहोस् : सूर्य ग्रहणको तस्विर आफ्ना साथीहरु देखाउनुहोस् र आफ्नो अनुभव सटासाट गर्नुहोस् । तपाईंको तस्विर हेरर मानिसहरुले तपाईंको सूर्य ग्रहणको तस्विरले कति सूर्य ग्रहणको बयान गरेको छ बताउँछन् र अर्को सूर्य ग्रहणको तस्विर लिने क्रममा तपाईंले आफुलाई सुधार्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक