१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

४ भाद्र २०७४, आईतवार ०८:०६

भदौ ४, लहान | विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३÷७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । 

सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो । 

विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७३/७४ मा करिव १० प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । 

समयमा विद्युत्को महसुल नबुझाउने जिल्लाका ८६५ ग्राहकको विद्युत् लाइनसमेत काटिएको थियो । विद्युत्को बक्यौता रकम समयमा नबुझाएको र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेका ग्राहकको विद्युत् लाइन काटेको प्रमुख यादवको भनाइ छ । 

उहाँका अनुसार विद्युत् लाइन काटिएका ८६५ ग्राहकमध्ये ५४७ जना ग्राहकबाट रु एक करोड २३ लाख ६४ हजार ७९७ बक्यौता रकम संकलन भएको छ । विद्युत् लाइन काटिएका मध्ये ३२ जनाले महसुल बुझाए बापत रु ४५ लाख ३९ हजार संकलन भएको छ । 

केन्द्रले आव २०७३÷७४ मा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४८१ जनालाई पक्राउ गरी गरेको जरिवानमा रु ३० लाख ३६ हजार १५३ राजश्व संकलन हुनाका साथै सो क्रममा १०३ थान टिभी, १३१ थान पानी तान्ने मोटर, ६६ थान पङ्खा र छ थान फ्रिजसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु