Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जाजरकोट-डोल्पा निर्माणाधिन सडकमा पहिरो: एक बेपत्ता, दुई घाइते

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/भदौ ५, डोल्पा । नेपाली सेनाले निमार्ण गर्दै गरेको जाजरकोट डोल्पा सडक खण्डको पहिरो परि एक जना ब्यपत्ता र २ जना घाइते भएका छन ।

घाइते र ब्यपत्ता सबै एकै परिवारका हुन । आइतबार साँझ तपतपे भिरको निर्माणधिन सडकबाट पहिरो जादा जाजरकोट आठबिसकोट ९ की ४२ बर्षिया पबित्रा बटाला ब्यपत्ता भएकी छिन ।

उनिसँगै रहेका ४३ बर्षिय उनका श्रीमान टिकाराम बटालाको खुट्टामा सामान्य चोट लागेको छ भने उनका १८ बर्षे छोरा गोपाल बटालको दायाँ खुट्टा भाचिएको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ ।

प्रहरिका अनुसार घाइते दुवै जनाको सोमबार दिउसो नेपाली सेनाको हेलिकप्टरले थप उपचारको लागि सुर्खेत लगेको बताएको छ ।

ब्यपत्ता बटालका परिवार डोल्पा जाजरकोट सडक खण्डमा काम गदै आएका कामदार भएको जानकारि प्रहरिले दिएको छ । टिकाराम बटालका परिवारले २ बर्ष देखि नै यो निमार्णधिन सडकमा काम गर्दै आएको सेनाले जानकारि दिएको छ ।

आइतबार दिउसो काम गर्ने बेलामा पहिरो खस्दा आएको ढुगाँ दागेर पबित्रा भेरिमा परेको सडक निमार्ण कार्यदल धावन्यका टोप बहादुर घर्तिले जानकारि दिए । घर्तिले भने पबित्राको श्रीमान र छारो घाइते अबस्थामा फेला पारेको र टिकारामका अनुसार पबित्रालाइ ठुलो ढुगाँले सिधै भरिमा हुत्तयाएको बताए ।

आइतबार घटना घटेको र घाइतेको समयमा थप उपचारका लागि बाहिर लान नँसकिए पनि स्थानिय मेडिकल त्रिपूराकोटमा सामान्य उपचार गरेको सेनाले जानकारि दियो ।नेपाली सेना भन्छ घटना घटेपछि प्रहरिलाइ पनि जानकारि दिइयो र त्रिपूराकोटबाट सइसावको टोली सहित पबित्राको खोजीमा लागे पनि उनको पत्तो लागेन ।

हरेक बर्ष जाजरकोट डोल्पाको निमार्णाधिन सडकमा मजुदर र यात्रुले पहिरो र ढुँगाँले ज्यान गुमाउने गरेका छन । यात्रुका आफन्त र अन्य कसैले घटना भएको देखेमा उद्धार खोजी हुने गर्छ यदि कसैले पनि देखेन भने अकालमै ज्यान गुमाउने गरेको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए ।

पैदल मार्ग जोखिम छ केहि दिन देखि बर्ष पनि धेरै भएको छ जमिन कम्जोर भए पछि निमार्णाधिन सडकमा पहिरो आउने धेरै सम्भावना हुने गरेको नेपाल पत्रकार महाँस जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुगले बताए । उनले भने अझै कति बर्ष बटुवाले सास्ती खेप्नु पर्छ थाहा छैन ।

नेपाली सेनाले निर्माण गरि रहेको जाजारकोट डोल्पा सडकमा अहिले पनि बिष्पोटन गरि रहेको छ । कडा चट्टान र भिर पहरा भएको कारण बिष्फोटनको काम गर्नु पर्ने र बिकल्पको बाटो बटुवाका लागि नभए पछि सके सम्म बाटो प्रयोग नगरिदिन र होसियार यात्रा गर्न भन्दै नेपाली सेनाले गएको जेष्ठ महिनामा सार्वजानिक सुचना जारि गरेको थियो ।

नेपाली सेनाले सुचना जारि गरेको भए पनि जिल्ला प्रशासन र राजनितिक दलले अको कुनै पनि बिकल्प नदिए पछि जोखिम मोलेरै भए पनि यात्रुले यात्रा गरि रहेका छन । हवाइ सेवा पूर्ण रुपमा बन्द छ पैदल मार्ग नेपाली सेनाले अहोरात्र खटेर काम गरि रहेको छ । सबै क्षेत्रबाट डोल्पाली जनातमा मर्कामा परेका छन ।

डोल्पाका लागि दैनिक उपोग्य सामाग्रि र खाद्यान्न सबै पैदल मार्ग भएर आउने गर्दछ ।

यस बर्ष नेपाली सेनाले बिष्फोटनका काम धेरै गर्ने भएकोले हाल दैनिक उपभोग्य सामाग्रि पनि आउदैनन भने सदरमुकाम लागयत सबै क्षेत्रमा दैनिक उपभोग्य सामाग्रिको अभाव हुदै गएको डोल्पा उद्योग बाणिजयसँघ डोल्पाले जानकारि दिएको छ ।

डोल्पाका जनताले यस्तो र्मत्यूसँग लड्दै जोखिमपूर्ण यात्रा अझै २ बर्षको हाराहारीमा गर्नु पर्ने स्थानियहरु बताउछन । यतिबेला डोल्पा यातायातको नकाबन्दीमा रहेको स्थानियहरुले बताएका छन ।