११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही जिल्ला अस्पतालबाटै मोटरसाइकल गायब

५ भाद्र २०७४, सोमबार १६:११

सरोज यादव | भदौ ५, सर्लाही | जिल्ला अस्पताल सर्लाहीमा कामका लागि आएका एक सेवाग्राहीको मोटरसाइकल चोरी भएको छ । अस्पताल परिसरमै पार्किङ गरी राखिएको भेल्ही – ९ निवासी सकल देव ठाकुरको बि.आर. ३० डि ८५८० नम्बरको रातो कलरको स्पलेन्डर मोटरसाइकल चोरी भएको हो ।

मोटरसाईकल अस्पतालकै परिसरमा पार्किङ गरि एक आफन्तको पोस्ट मार्टम गर्न ल्याएका ठाकुरको मोटरसाईकल चोरी भएको हो । सोमबार साझ ६ बजे को समयमा अस्पतालमा त्यति भिड भाड नभएको बेला मौका छोपेर मोटरसाईकल चोरले चोरी गरेको आशंका पिडित ठाकुरले गरेको छ ।

जिल्ला अस्पतालको काम सकेर उनी घर जान पार्किङ गरेको ठाउँमा मोटरसाईकल खोज्दा फेला नपरेपछि स्थानीय प्रहरीमा खबर गरेको बताए । यो समाचार तयार पार्दा सम्म उनको मोटरसाईकल फेला परेको थिएन् । सदरमुकाम मलङ्वाको बिच चौक बाल मन्दिर चौकमा रहेको जिल्ला अस्पताल परिसरबाट मोटरसाईकल चोरी हुनुलाई सर्लाहीको शान्ति सुरक्षासँग जोडेर हेर्न सकिन्छ । 

यसले सर्लाही सदरमुकामको शान्ति सुरक्षा कमजोर भएको स्थानीयहरुको आरोप रहेको छ । चोरहरुले सहजै बजारबाट दिनदहाडै चोरी गर्न सफल हुनुले स्थानीय प्रशासनको कमजोर र सुस्त कार्यशैली रहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु