नन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनाको उच्च जोखिम, जिपले यात्रुलाइ बोक्दै छ कि यात्रुले जिप ?

२०७४, ६ भाद्र मंगलवार ०६:०६


नन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासि सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर सहज यात्रा भने उनिहरुले कहिल्यै गर्न पाएका छैनन् । सडक संजालले भरर्खरै छोएको पातारासि गाँउपालिकामा अहिले सामान ढुवानिका लागि ट्याक्टरहरु संचालन हुदै आएका छन् । जसमध्य जुम्ला सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डलाइ अहिले अस्थायीरुट कायम गरीएको छ । करीब १० किलो मिटर अस्थायीरुट कायम गरीएको उक्त सडक खण्डमा केहि महिना यता २/३ वटा जिपहरु संचालन हुदै आएका छन् ।     

पातारासि गाँउपालिकाको विभिन्न गाँउहरुबाट सदरमुकाम झर्ने यात्रुहरु सोहि सडक खण्डमा यात्राका लागि दैनिक उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर उनिहरुलाई भने सवारी यात्रा गर्न त्यति सहज छैन । कच्ची, हिलाम्य सडकमा दिनदिनै यात्रुहरु डरै डरले यात्रा गर्न बाध्य छन् । भने अर्को तिर सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डमा संचालन भएका सवारीहरु पनि जोखिम अवस्थामा छन् । थोरै जिप संचालन भएकाले सदरमुकामबाट उर्थुमा बल्ल बल्ल पुग्ने जिपहरु क्षमता भन्दा अत्यधिक बढि यात्रुहरु बोकेर फर्किन्छन् । त्यहाँ पिजहरु पुगेपछि झट्ट हेर्दा यात्रुहरुको घुईचोले जिपले यात्रुलाइ बोक्दैछ कि यात्रुले जिप बोक्दैछन् भन्ने छुट्याउन सकिदैन । त्यसरी संचालित सवारी र यात्रुहरु दुबै दुर्घटनाको उच्च जोखिममा देखिन्छन् ।   

यात्रु टासि लामाले भन्नुभयो, पहिले छुमचौरबाट बजार जाँदा हिडेरै ३ घण्टाले पुगिन्थ्यो । अहिले सवारीको पर्खाइमा बस्दा झन् ४/५ घण्टा समय लाग्छ । यसले गर्दा यकातिर समयको बर्बाद भएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम मोलेका छौ । त्यस सडक खण्डमा राज्यले सवारी संचालन अनुमति नदिनु पथ्र्यो, होइन भने सडक र सवारी ब्यवस्थीत हुनुपर्छ उहाले भन्नुभयो । जिप सेवा संचालन भएपछि हिड्ने बानि हराउदै गएको भन्दै अल्छीपन सृजर्ना भएको डिल्लीचौरबासि सपना बोहोराको भनाइ छ । उहाले भन्नुभयो, अहिलेको जसरी जिप सेवा संचालन भएमा एक दिन अवश्य ठुलो दुर्घटना भोग्नुपर्छ तर त्यस भन्दा पहिले राज्यले निगरानि राख्नुपर्छ । जिप मालिकले सेवा भन्दा फाइदाको दृष्टिले हेरीरहेका छन् । हामि यात्रा गर्न बाध्य छौ । जिप चढ्नकै लागि मनपरी भाडा तिर्न तिर्नु पर्दछ । त्यो पनि जिप नपाएपछि पावर लगाउने चलन छ । नागरीकको ज्यानसँग ख्यालबाड गरी यसरी जिप संचालन हुन दिनु राज्यको चरम लापरवाहि हो, उहाले भन्नुभयो ।     

यता कर्णाली अंचल यातायात ब्यवस्था कार्यालयले हाल जिप संचालन भैरहेको सडकखण्डलाई अस्थायीरुट कायम गरेपनि के कति सवारी कसरी संचालन भैरहेका छन् भन्ने बिषयमा कुनै जानकारी नभएको जनाएको छ । यस बिषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालय भने बेखबर रहेका छन् ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ