११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा पाँच हजारभन्दा बढी मतदाता थपिए

७ भाद्र २०७४, बुधबार ०४:०४

भदौ ७, जाजरकोट । जाजरकोटमा पाँच हजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले भदौ ३ गतेसम्मको मितिमा संकलन गरेको तथ्याँकअनुसार जिल्लामा पाँच हजार ३९४ मतदाता थपिएका हुन् । 

यसमध्ये तीन हजार ७६ महिला र दुई हजार ३१८ पुरुष मतदाता थपिएको कार्यालयले जनाएको छ । प्रदेश तथा संघीय संसद्को चुनावलाई मध्यनजर गरी निर्वाचन आयोगको निर्णयअनुसार जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । 

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी भेरी नगरपालिकामा दुई हजार ४४२ मतदाता थपिएका छन् भने सबैभन्दा कम जुनीचाँदे गाउँपालिकामा २०० मात्र मतदाता थपिएका छन् । 

त्यस्तै, नलगाड नगरपालिकामा ८९६, छेडागाड नगरपालिकामा ६७३, कुसे गाउँपालिकामा २५२, वारेकोट गाउँपालिकामा ३१८ र शिवालय गाउँपालिकामा ६१३ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा यसअघि स्थानीय तहको निर्वाचनका बेला जिल्लाको कुल मतदाता ८० हजार दुई भएपनि १८ वर्ष उमेर पुगेका मतदाता ७८ हजार ९५४ थिए, जसमध्ये ४२ हजार ४१० पुरुष र ३६ हजार ५४३ महिला तथा एकजना तेस्रो लिंगी रहेको कार्यालयले जनाएको छ । 

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६१ हजार ९२८ मतदाताले भाग लिएका थिए । नयाँ विवरणअनुसार जिल्लाको कुल मतदाता ८५ हजार ३९६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले जिल्लाका सातवटै स्थानीय तहमा संकलन केन्द्र स्थापना गरेर मतदाता नामावली संकलन गरिएको बताउनुभयो । 

नागरिकताको अभाव र विदेशमा रोजगारीका लागि स्थानीय गएका कारण अझै धेरै मतदाताको नामावली संकलन हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अझै २० प्रतिशत योग्य नागरिकको मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु