२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ

२०८२, ९ जेष्ठ बिहीबार १६:३७

काठमाडौँ । चोरी पैठारी गरिएको मोबाइल सामग्रीसहित ८ जना पक्राउ

राजस्व छलीदै चोरी पैठारी गरी ल्याइएका मोबाइल र त्यससँग सम्बन्धित पार्टपुर्जासहित ८ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चावहिलस्थित चःमती क्षेत्रबाट सिकन्दर रजा सहित ८ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूले विभिन्न कम्पनीका मोबाइल र पार्टपुर्जा राजस्व तिर्नु नपर्ने गरी चोरी पैठारी गरी काठमाडौँ ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री तथा भण्डारण गर्दै आएको सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको थियो। उक्त सूचनाका आधारमा मंगलबार उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा झापा निवासी २७ वर्षीय रोशन कुमार महतो र महोत्तरीका २१ वर्षीय सिकन्दर रजा रहेका छन्। बाँकी ६ जना भने भारतीय नागरिक भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोकमा बुझाइएको छ।

प्रहरीले उनीहरूबाट बरामद गरेको सामग्रीमा ४४० थान ब्याट्रीसहितका डिस्प्ले, १४० थान ब्याट्री नभएका डिस्प्ले, रेडमीको एक थान ट्याब्लेट, एप्पलको म्याकबुक, डेल कम्पनीको ल्यापटप, १४ सय थान केबलसहितको चार्जर, ११५० थान ब्याट्री र नगद एक लाख ८ हजार ५ सय रुपैयाँ समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध