भदौ ८, इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४/०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

दलित, लोपोन्मुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४/०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

दलित, लोपोन्मुख "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम, पाँचथर र ताप्लेजुङमा जनता आवास कार्यक्रम

८ भाद्र २०७४, बिहीबार ०५:१८

भदौ ८, इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४/०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा यो कार्यक्रम लागू गर्ने भएको हो । यसअघि झापा जिल्लामा मात्र यो कार्यक्रम सञ्चालनमा थियो । अतिविपन्न लक्षित वर्गलाई न्यून लागतमा आधुनिक आवास निर्माण गरी बसोबास गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलामले जनाएको छ । 

कार्यक्रमअन्तर्गत चालु वर्षमा प्रतिजिल्ला ५० घरका दरले तीन जिल्लामा एकसय ५० वटा आधुनिक घर निर्माण हुनेछन् । झापामा पाँचसय घर निर्माण गरिने भएको छ । आवास निर्माणका लागि चालु आवदेखि प्रतिआवास रु तीन लाख ३२ हजार अनुदान दिइने र लक्षित वर्गले अनुदानको कूल १० प्रतिशत लागत सहभागिताबापत व्यर्होनुपर्नेछ । 

झापा बाहेकका मेचीका प्रत्येक जिल्लालाई अनुदानबापत रू एक करोड ६६ लाख प्राप्त हुने कार्यालय प्रमुख कुमारप्रसाद घिमिरेले बताउनुभयो । मेची अञ्चलका पहाडी जिल्लामा पहिलोपटक कार्यक्रम आएकाले जिल्लास्तरीय समन्वय समिति गठन गरेर समितिले सिफारिस गरेका लक्षित वर्गलाई जनता आवास कार्यक्रमको अनुदान दिइने समेत कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । 

दश लाभग्राही परिवार बसोबास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिनेछ । तर छरिएर बसोवास गरेका डोम, लोपोन्मुख तथा अतिसीमान्तकृत समुदायको हकमा भने यो बन्देज लागू नहुने जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३ मा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…