१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विश्व क्षयरोग दिवस अछाममा पनि मनाईयो

१२ चैत्र २०७२, शुक्रबार ०५:३५

कमल रावल/चैत १२, अछाम । विश्व क्षयरोग दिवस चैत ११ अर्थात मार्च २४ को अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अस्पताल विकास समितीका अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदि प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती प्रजिअ सुवेदिले क्षयरोग उपचार बाट सम्भव भएकाले सबैले समयमै चेकजाँच गराई उपचार गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

पुरानो पृति सतात्मक सोचका कारण समाजले उपचार गर्नु पर्छ भनि जानकारी नपाएकाले अब यसको ब्यापक प्रचार प्रसारमा जोड दिनु भएको थियो । जिल्लामा दिवसको अवसरमा नारा तथा रयालि निकाल्नु भन्दा अन्तक्र्रिया मार्फत राम्रो सुझाव सल्लाह आउने भएकाले आगामि दिनमा स्वास्थ्य कार्यालयको सिको अन्य सरकारी तथा गैरसरकारी कार्यालयले सिको गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

क्षयरोग अन्त्यका लागि सबै संगठित हौऔँ भन्ने नाराका साथ भएको कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरद चन्द्र बराललले क्षयरोग के हो, कसरी सर्छ र बच्ने कसरी भन्ने बारेमा जानकारी गराउनु भएको थियो । बिशेष गरि २ हप्ता सम्म नियमित खोकी लाग्नु क्षयरोग लक्षण भएकाले समयमै खकार जाँच गराउनु पर्नेमा उहाँको जोड रहेको थियो । अछाम जिल्लामा साउन महिना देखि अहिले ७३ जना अछाम जिल्लामा र ३ जना बाहीर जिल्ला बाट आएका गरि ७६ जनाले नियमित औषधि सेवन गरिरहेका जानकारी गराईएको थियो ।

सन २०५० सम्म भित्र नेपाल बाट नै क्षयरोग निवारण गर्ने लक्ष्यका साथ कार्य अछाममा पनि अघि बढेका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले जानकारी दिनु भएको थियो । कार्यक्रममा जिल्ला स्थित निजि स्वास्थ्य संस्थाका प्रतिनिधी, सञ्चारकर्मिको सहभागिता रहेको थियो ।

जन स्वास्थ्य निरिक्षक झपटराज ढुगानाले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अछामका क्षयरोग सुपरभाईजर पंकज कलौनिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल