भदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृ"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव १५ देखि १८ गते सम्म

११ भाद्र २०७४, आईतवार ०४:१७

भदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ आयोजना गर्न लागेको हो । गौरा महोत्वस यही १५ देखि १८ गते सम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ ।

आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजा हुने महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुलाई महोत्वसमा सहभागिता जनाइदिन हुन राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले आग्रह गरेका छन् ।

राष्ट्रिय गौरा महोत्सवको १५ एक औपचारीक कार्यक्रमका बीच उद्धघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष भट्टले बताएका छन् । सोही दिन देउडा, चैत, धुमारी लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

१७ गते गौरा देवीका निरन्तर कार्यक्रमहरुसँगै महिला र पुरुष देउडा प्रतियोगिताहरु संचालन गरिने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ ।

तीन दिन सम्म चल्ने उक्त महोत्सवमा गौरा नाच, फाग सहित चैत हुड्केली, बालोनाथ घुईचम्फा, अठेवाली जस्ता कार्यक्रमहरु हुनेछन् ।

भदौ १८ गते गौरा नाच, फाग, बालु नाच, गौरादेवीलाई पुजाआजका साथ श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम रहेको समितिले जनाएको छ । साथै आयोजकले देउडा प्रतियोगितामा सहभागी जनाउन चाहाने देउडीयालाई यही १४ गते सम्म नाम दर्ता गाराउन पनि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो