२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हर्न बजाउने १७२ जना कारबाहीमा

११ भाद्र २०७४, आईतवार ०७:१८

भदौ ११,चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइबुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ । 

सोही क्रममा दुई हजारप्रति प्रचारप्रसारका सामग्री वितरण गरिएको छ । काठमाडाँै र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडक खण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न निषेध गर्नेे निर्णय भएको छ । भित्री सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । 

चर्को आवाजका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई रु पाँच सय, दोस्रो पटकलाई रु एक हजार र तेस्रो पटकका लागि रु एक हजार पाँच सय जरिवाना असुल गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य