भदौ १२, काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा आइतबार निधन भएको छ । 

उहाँको काठम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा आइतबार निधन भएको छ । 

उहाँको काठम"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसद वीरबहादुर सिंह रहेनन्

२०७४, १२ भाद्र सोमबार ०७:५५


भदौ १२, काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ वर्षको उमेरमा आइतबार निधन भएको छ । 

उहाँको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि उहाँलाई दुई हप्ताअघि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बस्नुभएका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक हुनुहुन्थ्यो ।

उहाँका तीन छोरा र दुई छोरी छन् । उहाँका छोरा अजय सिंहका अनुसार नेता सिंहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि सोमबार २ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा राखिनेछ र बेलुका ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ