२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा २६ तोला सुन, आधा किलो चाँदी र नगद चोरीयो

२०७४, १२ भाद्र सोमबार १५:४३

भदौ १२, नुवाकोट | नुवाकोटको दुप्चेश्वर गाँउपालिका-६ मा पर्ने समुन्द्रटारमा रहेको एक सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ । 

समुन्द्रटारका तिलकमान डंगोलको घरमा भाडा तिरी सुनचाँदी पसल चलाउँदै आएका विदुर नगरपालिका- २ का रामशरण गहतराजको सुन पसल चोरी भएको हो । २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ ।

पसल बन्द गरेर श्रीमतीको उपचारको लागि साउन २९ गते काठमाडौँ गएका गहतराजले आज पसल खोल्दा पसलमा रहेको सुन-चाँदी र पैसा हराएको थाहा पाएका थिए । आफ्नो पसलबाट सुन चोरी भएको थाहा पाएपछी उनले नजिकैको प्रहरी चौकीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय खरानीटारको अनुसार सुनचादी पसलमा चोरी भएको जानकारी पाएपछी अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए