(कृष्ण दर्नाल) | बहादू १३, पाल्पा | रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । 

माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (कृष्ण दर्नाल) | बहादू १३, पाल्पा | रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । 

माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर वि"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराको लोभले ६२ जना सन्तान ! आफ्नै छोरा-छोरीको नाम सम्झन पनि सास्ती

२०७४, १३ भाद्र मंगलवार ०६:१७

(कृष्ण दर्नाल) | बहादू १३, पाल्पा | रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । 

माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ । 

सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो — उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६५ वर्षीया सुमित्रा विक र ७० वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । 

सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोरा छोरीको नाम पनि सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन् र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन । 

“बाह्र छोरा तेह्र नाति, हलो र जुवा बूढाको काँधमाथि” भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो । 

दुईतीन वटी छोरी जन्मेपछि परिवार नियोजनका लागि केही व्यक्ति घरमा आएको र सम्झाएका पनि हुन् । त्यतिबेला छोरी र श्रीमतीका साथ भारतमा रहेको नरबहादुर बताउँछन् । चार वर्ष मासिक रु ७५ तलबमा सेनामा काम गरेका उनले पछि कपडा बुन्ने काम गरे, जहाँ रु १५० तलब रहेको उनी बताउँछन् । त्यतिबेला छोरा नजन्मेकाले परिवार नियोजन गर्ने कुरा नै भएन । 

नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो । छोरा जन्मेपछि पनि उनले अझै अर्को छोराको आशामा रहे तर छोरीलाई छोरासरह नमान्दा छोरा पाउने आशा हराउन सकेन । 

बच्चा नपाउन नरबहादुरकी श्रीमतीले दबाई खाएपछि झनै समस्या झेल्नुपर्यो । आठ महिनासम्म रगत बग्यो, नफापेर नै होला । मरिन्छ की भन्ने डरले औषधि सेवन गर्न छाडेपछि चार छोरीको जन्म फेरि भएको उनी बताउँछन् । 

कुन छोराछोरीका कति सन्तान ? 

सुमित्राको पहिली (जेठी) छोरी सुनिता रम्भा गाउँपालिका–१, बाँझबारीमा विवाह भयो । १५ वर्षको उमेरमा विवाह भएपनि उनले पनि १५ वर्षमै सन्तान पाइन् । चार छोरा र एक छोरीसहित पाँच जना सन्तान जन्मिए । जेठी छोरीतर्फ अहिले चार नाति छन् । 

दोस्री भारती स्याङ्जामा विवाहपछि उनका तीन छोरी एक छोरा छन् । उनका छोरीबाट पाँच नातिनी जन्मेका छन् । तेस्रो सावित्री दुई छोरा एक छोरीसहित अहिले नवलपरासी बस्छिन् । पहिला रम्भा गाउँपालिका, फोकिसकोटमा विवाहपछि बसाइँसराइ गरेर नवलपरासी गएका हुन् । 

चौथौ गायत्री रम्भा गाउँपालिकाकी दुई छोरा, दुई छोरी र दुई नातिनी, पाँचौँ विष्णु भालढुंगामा दुई छोरा एक छोरी, छैटौँ शान्ति तीन छोरा एक छोरी, सातौँ सुकमाया, पाल्पा बर्दलेमा दुई छोरा, आठौँ फूलमाया एक छोरा, एक छोरी, नवौँ लोकबहादुरका एक छोरी दुई छोरा छन् । नरबहादुरले ४६ वर्षको उमेरमा छोरा जन्माउनुभयो । 

दशौँ सुलोचनादेवी एक छोरा एक छोरी दिल्लीमा बस्छिन्, रम्भाकी ११ औँ छोरी बनिसराका एक÷एक छोराछोरी छन् । बाहौँ हरिकलाका सुनौलीमा एक÷एक छोराछोरी, तेह्रौँ छोरी पार्वतीका दुई छोरासहित नवलपरासीको सर्दीमा बसाइ छ । 

सुमित्रा ३० वर्षमा पहिलो पटक हजुरआमा बनेकी हुन् । अहिले पनि छोरीतर्फ नाति नातिना पलाँति जन्मने क्रम रोकिएको छैन । यस वर्ष चारपाँचवटा नातिनातिना देख्न पाइन्छ, नरबहादुरले खुशीको कुरा खुलाउनुभयो । नरबहादुरका जोडी खेतीपाती, पशुपालन र आरन पेशामा पहिला जति नै सक्रिय छन् । 

बढी सन्तान समस्या नै समस्या 

सुमित्राले १३ सन्तान हुर्काउन निकै सास्ती भयो । घरमा सासू ससुरा नभएपछि बच्चा हुर्काउन समस्या भएको हो । केही बच्चा आफ्नो साथमा र केही श्रीमान्को साथ लगाएर काम गर्नुपर्ने बाध्यता रहेको थियो । धेरै सन्तान भएपछि उनीहरुले एसएलसीसम्म पनि पढ्ने मौका कमै सन्तानले मात्र पाए । सुमित्रा निरोगीजस्तो देखिए पनि शारीरिक रुपमा कमजोर नै छिन् । 

माइत जाँदा झनै समस्या 

एउटा बच्चालाई काँधमा, एउटा काखमा र अर्कोलाई हातमा समातेर माइत गएको उनलाई सम्झना छ । बच्चा र झोला बोकेर माइत जानुपर्ने झनै समस्या हुने थियो । “केही बच्चा घरमै बाउसित राखेर माइत गइयो”, उनी भन्छिन् । १३ सन्तानमध्ये सबै कुशलमंगल रहेकोमा सुमित्रा र नरबहादुरको जोडी सवैभन्दा बढी खुशी छन् । आमा बाका अगाडि कसैको कानकपाल नदुखोस् भन्ने यो सन्तानप्रति उनको सधैँको प्रार्थना रहेको छ । 

स्थानीय दलित अगुवा यमबहादुर नेपालीले अहिले एक छोरा एक छोरी जन्माउने चलन बढेको बताउनुभयो । छोराछोरीमा विभेद गर्ने बानीको अन्त्य हुनुपर्ने र समाजमा छोरासरह छोरीलाई मान्यता दिनुपर्ने नेपालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ