घ्यु व्यापारी शेर्पाका हत्यारा ४ बर्षपछि पक्राउ

Posted on: 31 Aug, 2017

ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी तथा वडा नम्बर ९ का सन्ते थामीलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

२०७० असोज १२ गते शेर्पासँग रहेको ९८ धार्नी चौँरीको घ्यु बेच्न चिनको खासा जानेक्रममा उनीहरुलाई घ्यु बोकाई लगेको र घ्यु बेचेर फर्किने क्रममा शेर्पालाई कर्तव्य गरी मारेर उनीसँग रहेको २ लाख ६३ हजार नगदसमेत लुटेर उनीहरु फरार रहेकोमा करिब ४ बर्षपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!