२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर

२०७४, १६ भाद्र शुक्रबार ०७:११

भदौ १६, झापा । झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका लागि एक थान कम्प्युटर र छडी प्रदान गरिएको संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिनुभयो । संस्थाले दृष्टिविहीनको क्षमता अभिवृद्धि गर्न ती शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष केसी बताउनुहुन्छ । संस्थाको आठौँ वार्षिक साधारणसभाका अवसर पारेर बिहीबार ती सामग्री हस्तान्तरण गरिएको थियो । 

यसैबीच, संस्थाले गत आर्थिक वर्ष २०७३/७४ मा कुल निक्षेपतर्फ तीन अर्ब ८७ करोड ७६ लाख दुई हजार रहेको जनाएको छ । सोही वर्ष संस्थाले रु ७३ करोड ६४ लाख १३ हजार १९७ ऋण लगानी र रु ६४ करोड ८० लाख १६ हजार ९९४ असुली गरिएको जनाएको छ । 

यस्तै, संस्थाले गएको वर्ष मात्र विभिन्न करमार्फत सरकारलाई कुल रु ४७ लाख ४६ हजार ४८७ बुझाएको पनि प्रतिवेदनमा जनाइएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश