११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर

१६ भाद्र २०७४, शुक्रबार ०७:११

भदौ १६, झापा । झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका लागि एक थान कम्प्युटर र छडी प्रदान गरिएको संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिनुभयो । संस्थाले दृष्टिविहीनको क्षमता अभिवृद्धि गर्न ती शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष केसी बताउनुहुन्छ । संस्थाको आठौँ वार्षिक साधारणसभाका अवसर पारेर बिहीबार ती सामग्री हस्तान्तरण गरिएको थियो । 

यसैबीच, संस्थाले गत आर्थिक वर्ष २०७३/७४ मा कुल निक्षेपतर्फ तीन अर्ब ८७ करोड ७६ लाख दुई हजार रहेको जनाएको छ । सोही वर्ष संस्थाले रु ७३ करोड ६४ लाख १३ हजार १९७ ऋण लगानी र रु ६४ करोड ८० लाख १६ हजार ९९४ असुली गरिएको जनाएको छ । 

यस्तै, संस्थाले गएको वर्ष मात्र विभिन्न करमार्फत सरकारलाई कुल रु ४७ लाख ४६ हजार ४८७ बुझाएको पनि प्रतिवेदनमा जनाइएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह