११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

१६ भाद्र २०७४, शुक्रबार १०:४०

भदौ १६, डडेल्धुरा। भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । 

बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् । 

कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । 

भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । उनीहरुमा ज्वरो, टाइफाइड, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएका छन् । दैनिक १५ देखि २० जना त्यस्ता बिरामी स्वास्थ्य चौकीमा आउने गरेको समैजी स्वास्थ्य चौकीका प्रमुख कृष्ण पालले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जानसम्म समस्या भइरहेको हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह