सरोज यादव/भदौ १६, सर्लाही । बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर एक ४० वर्षीया महिलाको ज्यान गएको छ ।
बिहिवार बेलुकादेखि वेपत्ता हुनुभएकी सर्लाही बागमती गरपालिका–८ शंकरपुरकी फूलकुमारी महतोको नहरमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
बिहान घर नजिकै रहेलो बागमतीको नहरमा सौच गर्न निस्केकी फुलकुमारी अबेर सम्म घर नफर्किदा उनको सदस्यले खोजी गर्न थालेको थियो । तर, पछि फुलकुमारीलाई शुक्रबार दिउँसो सोही ठाउँमा खोज्न जादा नहरमा मृत अवस्थामा फेला परेको थियो । नहरमा शौच गर्न जाँदा चिप्लिएर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।