२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नेपाली कथानक चलचित्र प्रेम गितमा समेटिएका गितका बोलहरु सार्वजनिक

२०७२, १२ कार्तिक बिहीबार ०३:५९

कात्तिक १२, धनगढी । नेपाली कथानक चलचित्र प्रेम गितमा समेटिएका गितका बोलहरु सार्वजनिक गरिएको छ । बुधबार धनगढीमा आसुसेन फिल्म प्रोड्क्सनले पत्रकार सम्मेलन गरि चलचित्रमा रहेका गितका बोलहरु सार्वजनिक गरेको हो ।

युवाहरुमा आकर्षणका रुपमा रहेको प्रेमलाई कथामा समेटेर बनाइएको प्रेम गित चलचित्रमा ६ वटा गितहरु रहेको आसुसेन फिल्म प्रोड्क्सनका अफिसर रेशमजंग शाहले बताए । चलचित्र पे्रम गितमा ६ वटा गित रहेको भएपनि अहिले २ वटा गितमात्र सार्वजनिक गरिएको उनले बताए ।

चलचित्रमा रहेको ‘म त अल्पत्रै पर्छु’ र ‘म यस्तो गित गाउँछु जुन अम्मर बनोस’ भन्ने गित सार्वजनिक गरेका हुन । चलचित्रमा यी दुई गितनै दर्शकहरुमाझ लोकप्रिय बन्ने शाहले जानकारी दिए ।

अर्जुन पोखरेललेको संगित रहेको चलचित्रका गितहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ । भ्यालेन्टाईन डेका दिनलाई मध्यनजर गरि देशभरी प्रदर्शनमा ल्याउन लागेको चलचित्र प्रेम गितको सुटिङ पुरा भईसकेको छ । नेपालमा बनेका चलचित्रहरु मध्ये यो दोस्रो महँगो चलचित्र रहेको निर्माताहरुले जानकारी दिएका छन् । चलचित्र निर्माताका अनुसार चलचित्रमा एक करोड भन्दा बढी लगानि रहेको बताए ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

चलचित्र प्रेम गितमा लामो समयदेखि नेपाली चलचित्रबाट बाहिरिएर विदेशमा जागिर गर्न गएका चर्चित कलाकार सरोज खनाललाई पहिलो पटक उनका प्रियहरुले देख्न पाउने शाहले बताए ।

चलचित्रप्रति आकर्षण गर्न गराउन आसुसेन फिल्म प्रोड्क्सनले सुगम पोखरेल र अन्जु पन्तलाई ल्याएर राष्ट्र व्यापी कन्सर्ट गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से