Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातमा महिला सुतीरहेको कोठामा मदिरा सेवन गरी प्रहरी पसेपछि…

२०७४, १७ भाद्र शनिबार ०८:३८

सम्राट सिंह/भदौ १७, बझाङ । जनताको सुरक्षामा खटिने राष्टसेवक  प्रहरी नै मदिरा सेवन गरी राती महिला सुतीरहेको कोठामा पसेपछि सदरमुकाम चैनपुर तनावग्रस्त बनेको छ ।

शुक्रबार राती १२ बजे वडा प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान पदम साउँद मदिरा सेवन गरी महिला सुतीरहेको कोठामा पसेपछि शनिबार विहान सदरमुकाम चैनपुर मा उक्त प्रहरी जवानलाई कारबाहिको माग गर्दै चैनपुरबासी उत्तेजित भएका हुन ।

मदिरा सेवन गरी प्रहरी जवान साँउद राती एक्कासी महिला सुतीरहेको कोठामा पुगेपछि  महिलाले चोर आयो भन्दै होहल्ला गरी छिमेकीलाई बोलाएकी थिइन् । महिलाले छिमेकी लाई बोलाएपछि साउँद भागेर वडा प्रहरी कार्यालय भित्र पसेको छिमेकी लोकेन्द्र खडकाले बताए । 

उनले भने जनताको सुरक्षामा खटिने प्रहरी नै यसरी मदिरा सेवन गरी राती महिला सुतीरहेको कोठामा पस्नु लज्जापद कुरा हो, हामीले बिश्वास र भरोसा मानेको प्रहरी नै यस्ता कार्यमा संलग्न भएपनि हामी न्याय माग्न कता जाने । 

कुन नियतले मध्यराती प्रहरी जवान साउँद मदिरा सेवन गरी महिला सुतीरहेको कोठामा पसेका हुन यो भने खोजीको बिषय बनेको छ । प्रहरी जवान साँउदमाथी कारबार्हिको माग गदै  पिडित परिवारले जिल्ला प्रहरी कार्यालय बझाङमा उजूरी दिएका छन ।

साउँद जस्ता एक दुई जना प्रहरीहरुले गर्दा राष्ट सेवक नेपाल प्रहरी नै बदनामित बन्दै गएको वडा प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानले बताए । यस्ता प्रहरीलाई कडा कारबार्हि गरिनुपर्ने उनको भनाइ छ ।

राती महिला सुतिरहेको कोठामा मदिरा सेवन गरी प्रहरी पसेको कुरालाइ गभ्भिर रुपमा लिइ सदरमुकाम चैनपुरका स्थानियहरुले उक्त प्रहरीलाई कडा कारबार्हिको माग राखेपछि आजै प्रहरी जवान साउँदलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

मदिरा सेवन गरी राती महिला सुतीरहेको स्थानमा जाने प्रहरी जवान पदम साउँदलाई विभागिय कारबार्हि गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी क्रृषिराज कडेलले बताए । मदिरा सेवन गर्ने प्रहरीलाई कारबार्हि गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी