२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’को शीर्ष १०मा कोपिला भ्याली

२०८२, ५ असार बिहीबार १३:२६

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार,२०२५’ को शीर्ष १० मा छनोट भएको छ ।

सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको दश शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनोट भएको जनाएको छ । टी फोर एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ । ‘वातावरणीय कार्य’ विधामा कोपिलाले उत्कृष्ट १० सूचीमा आफ्नो स्थान बनाएको हो ।

कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै १०औँ उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो नेपालीका लागि गर्वको कुरा हो । अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ ।”

अध्यक्ष मल्लका अनुसार उत्कृष्ट १० मा पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकेडेमी, अबुधावी युएइमा हुने ‘विश्व स्कुल्स समिट’मा सहभागी हुन पाउने छ ।

सो स्कुलका ‘प्रिन्सिपल’ राजेनकुमार कार्कीका अनुसार उत्कृष्ट दश विद्यालयबीचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ । मतदान सुरु भइसकेको छ । यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।

अबुधावीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ । वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौति पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट दशवटा देशका विद्यालय छनोट भइसकेका छन् भने ५० राष्ट्र समिटमा सहभागी हुने टि फोरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन