३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

५ असार २०८२, बिहीबार १३:४९
काठमाडौँ । बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत विद्युतीय मोटर, डेलिभरी पाइप, त्रिपाललगायत सामग्री वितरण गरिएको हो ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ । नगरको वार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृषि क्षेत्र नगर विकासको आधारस्तम्भ भएकाले यस्ता कार्यक्रममार्फत कृषकको उत्पादनशीलता र जीवनस्तर सुधार ल्याउने लक्ष्य लिएका छौँ ।” कृषकको श्रमलाई प्रविधिमैत्री बनाउन सकियो भने उत्पादन वृद्धि हुनका साथै उत्पादित कृषिउपजको निर्यात गरी स्थानीयले आयअर्जनसमेत गर्नसक्ने नगरप्रमुख कार्कीले बताउनुभयो ।
श्रीलङ्का टापुमा मकै, तरकारी, धानलगायत नगदे बालीको उत्पादन प्रशस्त हुने भएकाले वितरण गरिएका उपकरणको सहयोगले किसानको उत्पादन र कार्यशैलीमा सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले बर्सेनि बीउबिजन र अन्य आवश्यक कृषि सामग्री सतप्रतिशत अनुदानमा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, कृषि शाखा प्रमुख तुलसा लिम्बु, गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईलगायत स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’