२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विबाहका लागि केटी हेर्न गएका शेर्पाको जीप दुर्घटनामा मृत्यु

२०७४, १७ भाद्र शनिबार १३:०१

चिसाङ शेर्पा/भदौ १७, खोटाङ । विबाहका लागि केटी हेर्न जाँदै गरेका युवकको ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा मृत्यु भएको छ । 

काठ्माण्डौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

केटीको घर नपुग्दै शेर्पाको जीपमा च्यापिएर मृत्यु भएको जनाइएको छ । उनको उद्धारमा ढिलाइहुँदा मृत्यु भएको स्थानीयको भनाई छ । ब्रेक फेल हुँदा जीप सडकबाट पल्टिएको थियो । 

जीप दुर्घटनामा सोही ठाउँका किपा शेर्पा, डाली शेर्पा, लामाङ डेन्डी शेर्पा, आङ डेन्डी शेर्पा, दोर्जी शेर्पा, पशी शेर्पा, आङ गम्बु शेर्पा र थोक्पा शेर्पा घाइते भएका छन् । घाईतेलाई उपचारका लागि रामेछापतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

चालकलाई इलाका प्रहरी कार्यालय खिजीफलाँटेले नियन्त्रणमा लिएको छ । यस्तै, ओखलढुंगाको चम्पादेबी गाउँपालिका–२ नवलपुरबाट पलापुतर्फ जाँदै गरेको बा ४ ख ८०९८ नम्बरको ट्रक दुर्घटना हुँदा नाम र थर खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ । 

मिनी ट्रक दुर्घट्नामा ओखलढुंगा चम्पादेवी–१ का युवराज बराल, अर्जुन रोका, काभ्रे भकुन्डेवेसीका हिरा तामाङ र सोही ठाउँका सुजन सापकोटा घाइते भएका छन् । 

घाइतेलाई उपचारको लागि विएण्डवी अस्पताल काठ्माण्डौं पठाइएको प्रहरीले जनाएको छ । ट्रकका चालक सिन्धुली फिक्कल गाउँपालिका–२ का यमकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?