११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विबाहका लागि केटी हेर्न गएका शेर्पाको जीप दुर्घटनामा मृत्यु

१७ भाद्र २०७४, शनिबार १३:०१

चिसाङ शेर्पा/भदौ १७, खोटाङ । विबाहका लागि केटी हेर्न जाँदै गरेका युवकको ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा मृत्यु भएको छ । 

काठ्माण्डौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

केटीको घर नपुग्दै शेर्पाको जीपमा च्यापिएर मृत्यु भएको जनाइएको छ । उनको उद्धारमा ढिलाइहुँदा मृत्यु भएको स्थानीयको भनाई छ । ब्रेक फेल हुँदा जीप सडकबाट पल्टिएको थियो । 

जीप दुर्घटनामा सोही ठाउँका किपा शेर्पा, डाली शेर्पा, लामाङ डेन्डी शेर्पा, आङ डेन्डी शेर्पा, दोर्जी शेर्पा, पशी शेर्पा, आङ गम्बु शेर्पा र थोक्पा शेर्पा घाइते भएका छन् । घाईतेलाई उपचारका लागि रामेछापतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

चालकलाई इलाका प्रहरी कार्यालय खिजीफलाँटेले नियन्त्रणमा लिएको छ । यस्तै, ओखलढुंगाको चम्पादेबी गाउँपालिका–२ नवलपुरबाट पलापुतर्फ जाँदै गरेको बा ४ ख ८०९८ नम्बरको ट्रक दुर्घटना हुँदा नाम र थर खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ । 

मिनी ट्रक दुर्घट्नामा ओखलढुंगा चम्पादेवी–१ का युवराज बराल, अर्जुन रोका, काभ्रे भकुन्डेवेसीका हिरा तामाङ र सोही ठाउँका सुजन सापकोटा घाइते भएका छन् । 

घाइतेलाई उपचारको लागि विएण्डवी अस्पताल काठ्माण्डौं पठाइएको प्रहरीले जनाएको छ । ट्रकका चालक सिन्धुली फिक्कल गाउँपालिका–२ का यमकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह