२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक

२०८२, ६ असार शुक्रबार १८:०५

काठमाडौँ | नेपाली गीति फाँटमा वेग्लै पहिचान बनाउनुभएका गीतकार सुवासचन्द्र ढुङ्गेलको पछिल्लो कृति ‘क्रमभङ्ग’ नामक मुक्तक सङ्ग्रग्रह सार्वजनिक गरिएको छ ।

आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा रङगकर्मी किशोर पहाडीसहितका साहित्यकर्मीले उक्त कृतिको लोकार्पण गर्नुभयो । ‘क्रमभङ्गमा’ विभिन्न भाव र विषयका २१० वटा मुक्तक समावेश छन् ।

त्यसअवसरमा साहित्यकार पहाडीले नेपाली गीत क्षेत्रमा स्थापित ढुङ्गेल मुक्तक लेखनमा पनि उत्तिकै सशक्त भएको यस कृतिले छर्लङ्ग पारेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मुक्तक मिठो हुन्छ, मनमोहक हुन्छ, कृतिमा समेटिएका मुक्त पनि त्यस्तै छन् ।”

कृति समीक्षक प्राडा कपिल अज्ञातले कोमल विधाको गीत लेख्ने ढुङ्गेल मुक्तकजस्तो चोटिलो विधामा पनि पारङ्गत भइसकेको विचार व्यक्त गर्नुभयो । मुक्तककार दिव्य गिरीले कुशल मुक्तककार ढुङ्गेलका सिर्जनामा समसायिक व्यङ्ग्य, चेनतायुक्त विषयवस्तु, जीवनपरक घटना र यथार्थपूर्ण विषयवस्तु समेटिएको बताउनुभयो ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गीतकार ढुङ्गेल गीतमा जति सफल हुनुहुन्छ, मुक्तक लेखनमा पनि चोटिलो प्रहार गर्न सक्षम रहेको दावी गर्नु भयो । कवि तथा समालोचक भारती न्यौपानेले गीतकार ढुङ्गेललाई नेपाली साहित्यमा क्रमभङ्गले स्थापित मुक्तककारको रूपमा चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कृतिकार ढुङ्गेलले विश्वपरिवेशका सन्दर्भ र दर्शनका कुरालाई फ्युजन गरेर आफूले मुक्तक सिर्जना गरेको तथा जीवनमा एकल मुक्तकवाचन गर्ने रहर पलाएको विषय सुनाउनुभयो । कवि तथा मुक्तकारद्वय विपिन मर्म र माया उपाध्यायले पनि गीतकार तथा मुक्तककार ढुङ्गेलको सिर्जना संसारका बारेमा चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा