३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक

६ असार २०८२, शुक्रबार १८:०५

काठमाडौँ | नेपाली गीति फाँटमा वेग्लै पहिचान बनाउनुभएका गीतकार सुवासचन्द्र ढुङ्गेलको पछिल्लो कृति ‘क्रमभङ्ग’ नामक मुक्तक सङ्ग्रग्रह सार्वजनिक गरिएको छ ।

आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा रङगकर्मी किशोर पहाडीसहितका साहित्यकर्मीले उक्त कृतिको लोकार्पण गर्नुभयो । ‘क्रमभङ्गमा’ विभिन्न भाव र विषयका २१० वटा मुक्तक समावेश छन् ।

त्यसअवसरमा साहित्यकार पहाडीले नेपाली गीत क्षेत्रमा स्थापित ढुङ्गेल मुक्तक लेखनमा पनि उत्तिकै सशक्त भएको यस कृतिले छर्लङ्ग पारेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मुक्तक मिठो हुन्छ, मनमोहक हुन्छ, कृतिमा समेटिएका मुक्त पनि त्यस्तै छन् ।”

कृति समीक्षक प्राडा कपिल अज्ञातले कोमल विधाको गीत लेख्ने ढुङ्गेल मुक्तकजस्तो चोटिलो विधामा पनि पारङ्गत भइसकेको विचार व्यक्त गर्नुभयो । मुक्तककार दिव्य गिरीले कुशल मुक्तककार ढुङ्गेलका सिर्जनामा समसायिक व्यङ्ग्य, चेनतायुक्त विषयवस्तु, जीवनपरक घटना र यथार्थपूर्ण विषयवस्तु समेटिएको बताउनुभयो ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गीतकार ढुङ्गेल गीतमा जति सफल हुनुहुन्छ, मुक्तक लेखनमा पनि चोटिलो प्रहार गर्न सक्षम रहेको दावी गर्नु भयो । कवि तथा समालोचक भारती न्यौपानेले गीतकार ढुङ्गेललाई नेपाली साहित्यमा क्रमभङ्गले स्थापित मुक्तककारको रूपमा चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कृतिकार ढुङ्गेलले विश्वपरिवेशका सन्दर्भ र दर्शनका कुरालाई फ्युजन गरेर आफूले मुक्तक सिर्जना गरेको तथा जीवनमा एकल मुक्तकवाचन गर्ने रहर पलाएको विषय सुनाउनुभयो । कवि तथा मुक्तकारद्वय विपिन मर्म र माया उपाध्यायले पनि गीतकार तथा मुक्तककार ढुङ्गेलको सिर्जना संसारका बारेमा चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’