२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा महिला र बालबालिका हराउने क्रम बढ्यो

२०७४, १९ भाद्र सोमबार १३:४८

जिवराज बख्रेल | भदौ १९, मकवापनुर | मकवापनुर जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको  तथ्याङक अनुसार  महिला तथा बाल बालिका हराएको भन्दै खोजीका लागि प्रहरीमा जाहेरी पर्ने क्रम  बढेको छ । 

जिल्ला प्रहरीको अभिलेखअनुसार आव २०७०/०७१ मा ४५ महिला, १४ बालक र २१ बालिका हराएका थिए भने आव २०७१/०७२ मा ११० महिला, २४ बालक र २९ बालिका हराए । त्यस्तै आव २०७२/०७३मा महिला २१९ बालक ३० र बालिका ४० जना हराएको उजुरी परेको छ। भने आर्थिक बर्ष २०७३/०७३ मा १४८ महिला १० बालक र ५९ बालिका हराएका छन् ।  यो तथ्याङक हेर्दा अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षमा मानिस हराउने क्रम बढेको छ ।  प्रहरीको रेकर्डअनुसार हराएकामा अधिकांस महिला,बालबालिका फेला पर्ने गरेका छन् ।  

जिल्ला प्रहरी कार्यालयकाका अनुसार बालबालिका लहैलहैमा घरबाट भागेर सहरतिर र भारततिर जाने गरेको पाइएको छ । अभिभावकलाई थाहै नदिई भागेर गएका बालबालिका बेपत्ता हुने गरेका छन् । भने कतिपयलाई ललाई फकाई लैजाने गरिएको  छ । महिलाहरू भने घरायसी विवाद र असन्तुष्टिले गर्दा घर छाडेर बेपत्ता हुने गरेका छन् । कतिपय हराएका भनिएका महिलाले परपुरुषसँग दोस्रो विवाह गरेको पाइको छ । हराउनेहरूमा अधिकांश विवाहित महिला छन् । बालिका भने प्रलोभन र रमाइलोको खोजीमा गाउँघरबाट भागेर अन्यत्र जानाले बेपत्ता हुने क्रम बढेको पाइएको छ । कतिपय मानिस हराएपछि प्रहरीमा खोजीका लागि जाहेरी गर्ने र केही समयपछि घर फर्किएमा प्रहरीमा जानकारी नगराउने भएकाले पनि हराएको अभिलेखमा रहिरहेर बढी देखिएको प्रहरीको भनाई छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा