2026-07-25 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राध्यापक सङ्घको अधिवेशन अन्योलमा

भदौ २०, काठमाडौँ। नेपाल प्राध्यापक सङ्घको १५औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि सकिएको दुई वर्ष हुँदा पनि अधिवेशन हुन सकेको छैन । 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको अधिवेशन नभएका कारण १६औँ अधिवेशन हुन नसकेको सङ्घले जनाएको छ । 

कार्यसमितिमा २१ जना निर्वाचित हुने व्यवस्था छ भने विभिन्न विश्वविद्यालयबाट छजना सदस्य मनोनीत गर्ने व्यवस्था छ । 

उक्त सङ्घको नयाँ नेतृत्वका लागि त्रिवि सङ्घका निर्वाचित केही प्रतिनिधि तथा देशभरका पब्लिक क्याम्पसबाट पनि प्राध्यापकलाई प्रतिनिधि छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । 

नेपालका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापना भएका सामुदायिकरुपमा सञ्चालित नाफारहित क्याम्पसका प्राध्यापकको सङ्घलाई पब्लिक क्याम्पस प्राध्यापक सङ्घ भनिन्छ । 

विसं २०१९ मा गठन भएको सो संस्थाको विधानले प्रत्येक तीन वर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान राखेको छ । 

विसं २०६९ मा सम्पन्न भएको १५औँ अधिवेशनबाट गठन भएको कार्यसमितिको कार्यकाल विसं २०७२ मा सम्पन्न भएको भए पनि नयाँ नेतृत्व आउन नसकेका कारण पुरानै नेतृत्वले काम गर्दै आएको छ । 

सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले नेपाल प्रध्यापक सङ्घभन्दा पनि जेठो संस्थाका रुपमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्थापना भएकाले त्यसलाई छोडेर अधिवेशन गर्न नहुने बताउँदै सो सङ्घको अधिवेशन चाँडो सम्पन्न गर्न आग्रह गर्नुभयो । 

उहाँले आफू तीन वर्षका लागि आएकामा पाँच वर्षसम्म पनि पद हस्तान्तरण गर्न नपाएकोमा चिन्ता व्यक्त गर्दै यस्तो अन्योलको प्रक्रिया लामो समयसम्म रहिरहेमा आफ्नो संस्थाको भविष्य पनि संकटमा पर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक