२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

२०७४, २० भाद्र मंगलवार १३:०६

भदौ २०, काठमाडौँ  । कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताउनुभएको छ । 

नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने महसुस गरेको अनुभव सुनाउनुभयो । 


“करियर एउटा उचाइमा पुगेको थियो, त्यही समयमा क्यान्सर भएको थाहा भयो, क्यान्सर भन्ने शब्द नै डरलाग्दो छ, यसले सिधैँ मृत्युलाई बुझाउने सोचका कारण थप पीडा भएको थियो तर परिवारको आत्मविश्वास र शुभकामनाले मलाई दोस्रो जीवन दियो”– उहाँले भन्नुभयो । 

पछिल्लो समय गाउँबाट शहर केन्द्रित हुनेक्रम बढेकाले खानपान र जीवनशैलीमा आएको परिवर्तनले विकसित देशमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढेको अभिनेत्री कोइरालाले अर्गानिक खानपान, स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो । 

समाज, नातागोता, घरपरिवार र बिरामी स्वयंले क्यान्सर लाग्नुलाई मृत्युको मुखमा पुगेको जस्तै ठान्ने बानीलाई आफ्नो शक्तिमा बदलेर काम गर्न उहाँले आग्रह गर्नुभयो । “क्यान्सर मृत्युदण्ड होइन, अब हामी सबै मिलेर यसको जनचेतना फैलाउने काममा लागौँ”– उहाँले भन्नुभयो । 

करिब ८० भन्दा हिन्दी सिनेमाका साथै तेलेगु, तमिल, बेङलुरु, नेपाली सिनेमामासमेत अभिनय गर्नुभएकी कोइरालाले क्यान्सरविरुद्ध जीत हासिल गरेपछि भने क्यान्सरबारे जनचेतनामूलक कार्यक्रममा आफूलाई सक्रिय राख्दै आउनुभएको छ । 

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सर चर्चा अझै बढी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिले पनि आफ्ना आचरण स्वस्थ बनाउनैपर्छ तर सरकारले विशेषगरी औषधि सस्तो बनाउन पहल गर्नुपर्छ, महँगो औषधिका कारण धेरैले उपचार उचित तवरले पाएका छैनन् ।” 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागार्इं आचार्यले विश्वको पाँचौँ र नेपालमा चौथो नम्बरमा डिम्बाशयको क्यान्सर रहेको बताउनुभयो । 

उहाँले भन्नुहुन्छ, “डिम्बाशयको क्यान्सर महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ, जुन प्रजनन् प्रणालीको एक महत्पूर्ण अंग भएको हो, डिम्बाशयको क्यान्सरका कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने सम्भावनालाई बढाउने गर्छ ।” ४०÷५० वर्षका महिला पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको क्यान्सर भएका बिरामी, परिवारमा अरु कुनै क्यान्सर भएको छ भने बच्चा नजन्माएका महिलामा डिम्बाशयको क्यान्सर हुने उच्च सम्भावना रहेको डा आचार्यले बताउनुभयो । 

तल्लो पेट दुख्ने, कम्मर दुख्ने, पेट बिनाकारण बढ्ने, पेट फुलेको जस्तो, मासुको डल्लो जस्तो लाग्नु, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास समस्या, कहिलेकाही पातलो दिसा कहिले कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको क्यान्सर हुन सक्छन् । यसबाहेक अन्य कारणले पनि डिम्बाशयको क्यान्सर हुनसक्ने भएकाले चिकित्सकसँग जाँच गराउनु आवश्यक छ । 

विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्यायले नेपालमा अझै दक्ष जनशक्ति, जनचेतनामा कमी, उपचार प्रणालीमा पछाडि भएकाले पनि क्यान्सरको न्यूनीकरणमा पछि परेको बताउनुभयो । 

उहाँले क्यान्सर गराउने कारकतत्वबारे सजक हुन सकेमा जोखिमको सम्भावना कम हुनसक्ने भएकाले जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । विश्वभर सेप्टेम्बर महिनाभर डिम्बाशयको क्यान्सरबारे जनचेतनामूलक र अन्य कार्यक्रम गर्ने गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ