अनियमितताको आरोपमा गुडनेवर र सोडेकमाथि छानविन

Posted on: 06 Sep, 2017

पर्वत ।  गूडनेवर ईन्टरनेशनल नेपालले जिल्लामा संचालन गरेका कार्यक्रमहरुको सर्वत्र आलोचना हुन थालेपछि समाज कल्याण परिषदले छानविन शुरु गरेको छ । गुडनेवरका कार्यक्रमहरु गैरकानूनी रुपमा सम्झौता र धर्मपरिर्वतनको आरोप लागेपछि गुडनेवरको काम कारवाहीमाथि छानविन गर्नको लागि समाज कल्याण परिषदको टोली पर्वतमा आएको बुझिएको छ ।

गुडनेवरले सोडेक पर्वतसँग गलत तरिकाबाट सम्झौता गरी जिल्लामा संचालन हुन लागेका कार्यक्रमहरुमा अनियमितता गर्न लागेको आरोप लोकतान्त्रिक गैससले लगाउँदै आएको छ । गुडनेवरका कार्यक्रम राम्रा भएता पनि संस्था छनोट गलत तरिकाबाट भएको भन्दै लोकतान्त्रिक गैसस महासंघले स्थानीय सरोकारवाला निकाय देखि समाज कल्याण परिषदसम्म निवेदन पेश गरेको थियो ।

लोकतान्त्रिक गैरसरकारी संस्थाले गुडनेवरको कार्यशैलीप्रति विभिन्न सरोकारवाला निकायका जानकारी गराएको थियो तर उक्त निवेदन उपर कुनै         कारवाही हुन सकेको थिए । अनुगमनको लागि समाज कल्याण परिषदका कानून अधिकृत रमेशराज कार्किको नेतृत्वमा एक टोली पर्वतमा आएर अनुगमन गरी फेर्कको छ ।  टोलीमा जय अधिकारी, राजन पौडेल रहेका थिए । टोलीले गुडनेवरद्वारा संचालित कार्यक्रमहरुको अनुगमन र सरोकारवाला निकायसँग छलफल गरेर फर्केको छ ।

समाज कल्याण परिषदका कानून अधिकृत रमेशराज कार्किले गुडनेवरले      गरेका कार्यक्रमहरु बारेमा जति आलोचना र  आरोप लागेका छन् त्यसको बारेमा तत्कालै यसै भन्न सकिने अबस्थामा नरहेको बताए । हामी भ्रष्टाचार आरोप लागेकै कारण अनुगमन गर्नको लागि पर्वत आएका होइनौ । संस्थाको नीति अनुसार नियमित कार्यक्रम र अनुगमन अनुसार आएका हौ कार्कीले भने ।

अगुमन

अनुगमनका क्रममा स्थानीय सरोकारवाला निकाय, कार्यक्रम संचालन भएका क्षेत्रहरुको अनुगमन र प्रतिक्रिया लिएको र यसको बारेमा थप अनुसन्धान भैराखेको उनले बताए । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति,जिल्ला स्वास्थ्य कार्यालयमा र कार्यक्रम संचालन भएका स्थानीय क्षेत्रमा अनुगमन गरेर फर्केको उनले बताए ।गुडनेवर र सोडेकल संयुक्त  रुपमा जिल्लामा संचालन गरेका कार्यक्रममा जति कुरा बाहिर आएका छन् त्यस विषयमा प्रमाण हामीसामु आइपुगेको छैन । हामी अनुसन्धानकै क्रममा छौं । सुष्म अनुसन्धान       गरेपछिमात्रै त्यसविषयमा थप     जानकारी होला उनले भने ।

डेढ महिनामा प्रतिबेदन

कार्कीले डेढ महिनाभित्र यस बारेमा सुष्म अनुसन्धान भएपछि प्रतिबेदन सार्वजानिक गर्ने बताए । संस्थाको नियमित कार्यक्रम अन्तरगतनै अनुगमन भएको र पर्वतमा जून अनियमितता र कानून विपरीत सम्झौता भएको भन्ने बारेमा निवदेन परेको छ त्यसको बारेमा  थप अनुसन्धकान गरेपछि मात्रै प्रतिबेदन सार्वजानिक गर्ने  बताए । तत्काल हामीसँग कुनै पनि प्रमाण नभएका कारण केहि भन्न नसकिने भन्दै उनले अनुन्धानपछि मात्रै पत्ता लाग्ने बताए ।

गलत नियतले उजुरी

यता सोडेक पर्वतले जिल्लामा संचालन गरेका कार्यक्रमहरुमा भ्रष्टाचार भएको भन्ने कुरामा कुनै पनि तथ्य नभएको जनाएको छ । कार्यक्रम नपाएको झोकमा गलत नियत राखी उजुरी गरिएको  सोडेक नेपालका कार्यक्रम संयोजक देवि तिमिल्सीनाले बताए । उनले आफ्नो संस्थाले १ सय रुपैँया तलमाथि     गरेको तथ्य सार्वजानिक गरे आफूहरुले सार्वजाकि रुपमानै माफि माग्ने समेत उनले बताए । परियोजना नपाएका संस्थाले सोडेकको बारेमा अफवाह फैलाएर  योजनाहरु हत्ताउने सोचमा रहेको उनले बताए । हामीले हरेक हिसाबकिता कानूनी रुपमा बैकिङ मार्फत गछौं । केन्द्रबाट कति बजेट आयो र समुदायमा कति रकमको कार्यक्रम भयो यसको बारेमा हामीले तथ्य दिन सक्छौ । यदि कसैलाई चित्त बुझ्दैन र सोर्डेकले भ्रष्टाचार गरेको प्रमाण  सार्वजानिक गर्छ भने  हामी जुनसुकै कारवाहीको भाग्यदारी हुन तयार छौं , तिमिल्सीनाले भने ।

नियम संगत हामी चलेका छैनौ भने हामीलाई खबरदार गरियोस् तर भ्रमपूर्ण कुरा सार्वजानिक गरी संस्थामाथि प्रश्न चिन्ह उठाउने कसैको अधिकार छैन उनले भने । कार्यक्रम नपाएकै झोकमा गलत प्रचार गर्नु न्यायसंगत नभएको उनको टिप्पणी छ ।

आरोप

पर्वत जिल्लामा सन् २०१२ देखी गुडनेवर ईनटरनेशनलले, गूडनेवर नेपाललाई साझेदारी गरि कार्यक्रम संचालन गरेको थियो । उक्त समयमा पर्वत जिल्लाका साविक भंगरा, लिमिठाना, देउराली, क्याङ्ग, भूकताङ्गले लगायतका गा.वि.स.का विद्यालयहरुमा १३२० वालवालिकाहरुलाई सेवा पूयाउने गरि कार्यगरेको थियो । उक्त कार्य गर्दा कृषि, पशू, वालवालिका, स्वास्थ्य सरसफाई, कफि लगायतका क्षेत्रमा काम     गरेको जनाएको छ ।

त्यस अवधिमा कार्य गर्दा वालवालिका लाई स्कलरसिपको नाममा आएको रकमको संवन्धित विद्यार्थीलाई प्राप्त रकम उपलव्ध नगराएको, कफि    सहकारी दर्ता गरि अलपत्र छाडेको,कार्यक्रम संझौता गरि किसानलाई संझौता अनूसारको रकम उपलव्ध नगराएको, हाल सोर्डेक नपाल मार्फत संचालन गरेको कार्यक्रममा पनि रकम हिनामिना गरेको, राजनैतिक आधारमा सेवा प्रवाह गरेको जस्ता विषयमा भ्रष्टचार गरेको मनोशिक्षाको नाममा वालवालिकालाई क्रिश्चीयन तर्फ मोडेको आरोप लागेको छ ।

गुडनेवरले जिल्लाका कुनै पनि निकायसँग समन्वय गरी मनोमानी ढंगबाट कार्यक्रमहरु संचालन     गरेपछि यसको विरोध र आलोचना हुन थालेको थियो ।

दोश्रो चरणमा स्थानिय साझेदार संस्था छनौट गर्दा गूडनेवर ईन्टरनेशनलले निवेदन गर्ने कूनै साझेदार निकायलाई के कति आधारमा छनौट भयो सोर्डैक नेपाल कूनै जानकारी नदिई गूपचूप राखेको थियो । त्यसको जानकारी तत्कालीन जिल्ला समन्वय समितिवाट संझौता भएपछि मात्र प्रतिस्पर्धा गर्ने संस्थारुले जानकारी पाएका थिए ।

सार्वाजनिक खरिद ऐनले कूनै पनि प्रक्रियामा जांँदा सार्वाजनिक सूचना निकाले पछि के कति सफल भए के कति के कारणले सफल हून सकेनन् संवन्धित प्रतिस्पर्धा गर्ने निकायलाई पत्रद्धारा वा सर्वाजनिक माध्यम वाट जानकारी दिनू पर्दछ तर गूडनेवर ईन्टरनेशनलले कूनै प्रकृया नपनाई कार्यक्रम अगाडी वढाएको     थियो ।

प्रतिस्पर्धा गर्ने संस्थाहरुले व्यापक ध्यानआकर्षण गराउदा पनि नटरेको गूडनेवरले तत्कालिन जिल्ला विकास समिति प्रमूखको अध्यक्षतामा वैठक वसि संवन्धित प्रतिस्पर्धा गर्ने संस्था र गुडनेवरका प्रतिनिधिको रोहवरमा सूचनाको हकको वारेमा निर्णय गरेको थियो । गुडनेवरले सवै सूचना उपलव्ध नगराए सम्म कार्यक्रम अगाडी नवढाउने निर्णय भएको र तत्कालिन स्थानिय विकास अधिकारी यूवराज पौडेलले पत्र लेख्दै प्रकृया सच्चाउन आग्रहगर्दै उक्त अवधि सम्म कार्यक्रम स्थगन गर्नु भन्ने पत्रलाई समेत कूनै वास्ता नगरि कार्यक्रम एकलौटी ढंगवाट अगाडी बढाएपछि उक्त सस्थाको चर्को आलोचना भएको थियो ।

गुडनेवरले कार्यक्रमका लागि जसरी सम्झौता गरेको थियो उक्त प्रक्रिया गलत भएको भन्दै लोकतान्त्रिक गैसस महासंघले जिल्लाका सरोकारवाला निकाय र परिषदको ध्यानकर्षण गराएको थियो ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!