१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको प्रसिद्ध निंगलाशैनी मन्दिरमा ठूलीजात मेला

२१ भाद्र २०७४, बुधबार ०४:४७

भदौ २१, बैतडी । बैतडीको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला मंगलबार सम्पन्न भएको छ । 

अनन्त चतुर्दशीको अवसरमा लाग्ने ठूलीजातका अवसरमा निंगलाशैनी भगवती मन्दिरमा बिहानैदेखि मेला भर्नेको घुँइचो लागेको मेला व्यवस्थापन समिति अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । 


निंगलाशैनी भगवती मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइने पूजारी देवदत्त भट्टले बताउनुभयो । जातको अवसरमा मन्दिरमा तीनरात बस्ने र उभिएर बत्ती बाल्ने महिला भक्तजनको घुइँचो लागेको हो । 

निंगलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । अनन्त चतुर्दशीको अवसरमा आइतबारदेखि लागेको मेलामा मंगलबार मन्दिरमा विशेष पूजाआजा सम्पन्न भएको छ । यो मेलालाई स्थानीय भाषामा ठूलीजात भन्ने चलन रहिआएको छ । 

अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको बताइएको छ । यो जात्रामा बलि नहुने र यो जातलाई ठूलीजातको रुपमा मनाउने गरेको उहाँले बताउनुभयो । निंगलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल पूर्णिमा र चैतको अष्टमीका दिन बिशेष जात्रा हुने गर्दछ । 

मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकाले कसैले सेवन तथा बिक्री वितरण नगर्न मेला व्यवस्थापन समितिले सबैमा आग्रह गरेको छ । कसैले समितिको निर्णय विपरीत मेलास्थलमा मदिरा सेवन तथा बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह