२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा गाउँ कापाको बैठकद्वारा पाँचवटा कानून निर्माण

२१ भाद्र २०७४, बुधबार ०६:४६

इलाम, २१ भदौ । इलामको फाकफोकथुम गाउँ कार्यपालिकाको बैठकले कार्य सञ्चालनका लागि आवश्यक पाँचवटा कानून निर्माण गरेको छ । 

आइतबारदेखि शुरु भई तीनदिनसम्म चलेको बैठकले पाँचवटा आवश्यक कानून निर्माण गरेको हो । गाउँ कार्यपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गाउँ कार्यपालिकाको निर्णय तथा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली—२०७४, गाउँ कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, कार्यसम्पादन नियमावली, कार्य विभाजन नियमावली र गाउँसभा सञ्चालन कार्यविधि, २०७४ पारित गरेको छ । 

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन भएको छ । 

त्यसैगरी, कार्यपालिकाको बैठकले बजेट तर्जुमा प्रक्रियासमेत शुरु गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईको संयोजकत्वमा राजस्व परमार्श समिति गठन गरी आव २०७४/०७५ मा यस गाउँपालिकाबाट सञ्चालन गरिने राजस्व निर्धारण गरी अनुमोदन समेत गरेको छ । 

राजस्व परामर्श समितिले चालु आवको आन्तरिक आय वार्षिक रु १० लाख पु¥याउने अनुमान गरिएको कार्यकारी अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…