बैशाख १४, कैलाली । कैलालीमा बरफ बेच्ने क्रममा बिबाद भएपछी २ नेपाली युवाहरुले भारतीय नागरिकको कुटपिट गरी हत्या गरेका छन् ।
टीकापुर नगपालिका-९ समितिपुरका स्थानीय बासिन्दाहरु ललित पुरी र नबिन थापाको कुटाईबाट लखिमपुर सिंगाही बस्दै आएका मोहम्मद नसिब कुरैसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ ।
बरफ बेच्ने क्रममा बिवाद भएपछि उनलाई स्थानीय ललित पुरी र नबिन थापाले कुटपिट गरेका थिए । कुटपिट पछी गम्भीर घाइते बनेका कुरैसीलाइ स्थानीयले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
हत्यामा संलग्न दुबै जना फरार छन् । उनीहरूको खोजि कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।