१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा पसेको गोही राप्ती नदीमा छाडियो

२१ भाद्र २०७४, बुधबार ०९:५७

भदौ २१,चितवन। चितवनको रत्ननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीलाई आज राप्ती नदीमा छाडिएको छ । 

रत्ननगर नगरपालिका– १५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई आज सौराहा नजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

उहाँकाअनुसार घरको पिंँढीमा मगर गोही सुतिरहेको देखेपछि स्थानीयवासीको आग्रहमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नियन्त्रणमा लिन खोज्दा घरभित्र पसकाले बोराले आँखा छोपेर नियन्त्रणमा लिएका थिए । गोही ९० सेन्टिमिटर लामो तथा करिव २० किलोको रहेको निकुञ्जको अनुमान छ । 

बिहान उठ्ने वित्तिकै इन्दिरा न्यौपानेले ढोका खोल्दा पिंँढीको खाटमुनी घुम्रिएर सुतिरहेको बस्तु देख्नुभयो । त्यही खाटमाथि उहाँका ससुरा हरिदत्त न्यौपाने मस्त निन्द्रामा सुतिरहनुभएको थियो । 

“लौ कुकुर पो आएर सुतेछ भनेर उहाँले धपाउन खोज्दा स्वाँ… गरेर ठूलो मुख पार्यो र झम्ट्यो, अनि साह्रै डर लाग्यो ”, न्यौपानेले भन्नुभयो । उहाँले यसअघि कहिल्यै गोही देख्नुभएको थिएन । 

उहाँका श्रीमान् लोकनाथ न्यौपानेले प्रहरी र निकुञ्जलाई खबर गर्नुभएको रत्ननगर नगरपालिका–१५ का वडा सदस्य रामकृष्ण खड्का बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह