२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सडकका कारण सौराहा आएनन् पर्यटक

२१ भाद्र २०७४, बुधबार ११:१०

भदौ २१, चितवन। राजधानी काठमाडौँ, पोखरालगायतका पर्यटकीय स्थलमा विगतका वर्षमा भन्दा बढी पर्यटक भित्रिरहँदा सौराहामा भने खासै पर्यटक भित्रन सकेका छैनन् । 

काठमाडौंँ र पोखरा आवतजावत गर्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडक खण्डको स्तरोन्नतिको काम भइरहेकाले पहिरो खस्ने, घण्टौँ जाम हुने जस्ता समस्याका कारण पर्यटक चितवन आउन नसकेका हुन् । 

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष दीपक भट्टराईका अनुसार हालसम्मकै न्यून पर्यटक यतिबेला सौराहामा छन् । “बिगतका वर्षमा यतिबेला सौराहामा दैनिक ६०० को हाराहारीमा पर्यटक हुन्थे, यस वर्ष २०० पनि पुग्न मुस्किल छ ।” 

सडककै कारण सौराहाको पर्यटकीय क्षेत्र नराम्रोसँग प्रभावित भएको उहाँको भनाइ छ । “दुई दिनअघि बिहान ७ बजे काठमाडाँैंबाट हिँडेका पर्यटक राति १२ बजे मात्र सौराहा आइपुगे,” भट्टराइले भन्नुभयो । बुकिङ् गरेका पर्यटकले पनि रद्द गरेका छन् । 

काठमाडौँं र पोखराका होटल यतिबेला ७५ प्रतिशतको हाराहारीमा बुकिङ् छन् । सौराहाका व्यवसायीलाई छटपटि छ । क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मी दुई दिनका लागि आउने पर्यटक एक दिन पूरै सडकमा बस्नु परेपछि कसरी आउने प्रश्न गर्नुहुन्छ । अठार देखि २० घण्टासम्म पर्यटकले सडकमा समय बिताएको भन्दै उहाँले छिटो सडक निर्माण हुन नसके सौराहाको पर्यटन क्षेत्र तहसनहस हुने बताउनुभयो । 

आउँदो दुई साताभित्र बाढीका कारण प्रभावित सबै होटल पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो । राप्ति किनारका बगाएका पाँचवटा रेस्टुरेण्ट बन्दै छन् भने क्षति पु¥याएका होटलमध्ये तीनवटा सञ्चालनमा आउन बाँकी छ । व्यवसायीले काठमाडाँैंबाट चितवनतर्फ आउने गाडीलाई नौबिसे, हेटाँैडाको दामन हँुदै एकतर्फी रुपमा सञ्चालन गर्नका लागि अनुरोध गर्दै आएका छन् । पहिरोमा कुर्नुभन्दा दामनतर्फको पहाडी दृष्य देखाउँदै पर्यटक ल्याउन व्यवसायीको सुझाव छ । 

सौराहाबाट नौवटा पर्यटक बस दैनिक काठमाडाँै चितवन गर्ने भए पनि बसमा पर्यटक न्यून मात्रै आउने गरेका छन् । सौराहामा ठूला साना गरी ११० वटा होटल सञ्चालनमा छन् भने तिनको क्षमता पाँच हजार पर्यटक अट्ने रहेको छ । होटल खाली हुँदा झण्डै रु १२ अर्ब ऋण बोकेका सौराहाका व्यवसायी चिन्तित बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य