२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सडकका कारण सौराहा आएनन् पर्यटक

२०७४, २१ भाद्र बुधबार ११:१०

भदौ २१, चितवन। राजधानी काठमाडौँ, पोखरालगायतका पर्यटकीय स्थलमा विगतका वर्षमा भन्दा बढी पर्यटक भित्रिरहँदा सौराहामा भने खासै पर्यटक भित्रन सकेका छैनन् । 

काठमाडौंँ र पोखरा आवतजावत गर्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडक खण्डको स्तरोन्नतिको काम भइरहेकाले पहिरो खस्ने, घण्टौँ जाम हुने जस्ता समस्याका कारण पर्यटक चितवन आउन नसकेका हुन् । 

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष दीपक भट्टराईका अनुसार हालसम्मकै न्यून पर्यटक यतिबेला सौराहामा छन् । “बिगतका वर्षमा यतिबेला सौराहामा दैनिक ६०० को हाराहारीमा पर्यटक हुन्थे, यस वर्ष २०० पनि पुग्न मुस्किल छ ।” 

सडककै कारण सौराहाको पर्यटकीय क्षेत्र नराम्रोसँग प्रभावित भएको उहाँको भनाइ छ । “दुई दिनअघि बिहान ७ बजे काठमाडाँैंबाट हिँडेका पर्यटक राति १२ बजे मात्र सौराहा आइपुगे,” भट्टराइले भन्नुभयो । बुकिङ् गरेका पर्यटकले पनि रद्द गरेका छन् । 

काठमाडौँं र पोखराका होटल यतिबेला ७५ प्रतिशतको हाराहारीमा बुकिङ् छन् । सौराहाका व्यवसायीलाई छटपटि छ । क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मी दुई दिनका लागि आउने पर्यटक एक दिन पूरै सडकमा बस्नु परेपछि कसरी आउने प्रश्न गर्नुहुन्छ । अठार देखि २० घण्टासम्म पर्यटकले सडकमा समय बिताएको भन्दै उहाँले छिटो सडक निर्माण हुन नसके सौराहाको पर्यटन क्षेत्र तहसनहस हुने बताउनुभयो । 

आउँदो दुई साताभित्र बाढीका कारण प्रभावित सबै होटल पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो । राप्ति किनारका बगाएका पाँचवटा रेस्टुरेण्ट बन्दै छन् भने क्षति पु¥याएका होटलमध्ये तीनवटा सञ्चालनमा आउन बाँकी छ । व्यवसायीले काठमाडाँैंबाट चितवनतर्फ आउने गाडीलाई नौबिसे, हेटाँैडाको दामन हँुदै एकतर्फी रुपमा सञ्चालन गर्नका लागि अनुरोध गर्दै आएका छन् । पहिरोमा कुर्नुभन्दा दामनतर्फको पहाडी दृष्य देखाउँदै पर्यटक ल्याउन व्यवसायीको सुझाव छ । 

सौराहाबाट नौवटा पर्यटक बस दैनिक काठमाडाँै चितवन गर्ने भए पनि बसमा पर्यटक न्यून मात्रै आउने गरेका छन् । सौराहामा ठूला साना गरी ११० वटा होटल सञ्चालनमा छन् भने तिनको क्षमता पाँच हजार पर्यटक अट्ने रहेको छ । होटल खाली हुँदा झण्डै रु १२ अर्ब ऋण बोकेका सौराहाका व्यवसायी चिन्तित बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल