१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा डिप्रेसनले आत्महत्याका घटना बढ्दै

२२ भाद्र २०७४, बिहीबार ०७:१३

भदौ २२, बनेपा। तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन् । 

धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डो¥याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुन्छन् भन्नुभयो । 

डा रिसालले भन्नुभयो– “जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, कहीँ न कहीँ मानसिक रोगको प्रभावले नै आत्महत्या निम्ताएको हुन्छ ।” 

जिल्लामा चालु आव २०७४/०७५ को साउन १ देखि भदौ १६ गतेसम्म मात्रै २८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये १४ जनाले झुण्डिएर र १४ जनाले विष खाएर आत्महत्या गरेका छन् । 

त्यस्तै, आव २०७३/०७४ को एक वर्षमा ९८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ५९ जनाले विष खाएर र ३९ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । 

उहाँले सामान्य झै–झगडाको प्रतिशोध, अशिक्षा, गरिबी, प्रेममा असफलताका कारण आत्महत्या बढी भएको उल्लेख गर्दै यसलाई रोकथामका लागि छिट्टै जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्न आवश्यक भएकोमा जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह