२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव

२०७४, २२ भाद्र बिहीबार ०७:५८

भदौ २२,नुवाकोट। नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामीका लागि अति आवश्यक औषधि नुवाकोटको स्वास्थ्य संस्थामा अभाव भएको छ । 

स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि नपठाएको र यस वर्ष पनि ढिलाइ गरेपछि बिरामीलाई निःशुल्क उपलब्ध गराइने औषधि विभिन्न स्वास्थ्य चौकीमा अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो । 

“मौजुदा औषधि सकिएकाले वितरणमा समस्या आएको छ ।” उहाँले भन्नुभयो, “तत्कालका लागि भिटामिन ‘बी’, ग्यास्ट्रिकविरुद्धको औषधि, विभिन्न रोगविरुद्धका एन्टिबायोटिक, टाइफाइडविरुद्धको सिप्रोलगायतका औषधि अभाव देखिएको हो ।” 

औषधि उपलब्ध गराउन नसकिएपछि जिल्लाको त्रिशूली अस्पतालसहित तीन प्राथमिक स्वास्थ्य केन्द्र र ७१ स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराउने १५ भन्दा बढी प्रकारका औषधि अभाव भएको हो । मन्त्रालयले बजेट वा औषधि समयमा नपठाउँदा धेरै माग हुने सिटामोल, झाडापखालाविरुद्धको जीवनजल, निमोनिया बिरामीका लागि आवश्यक पर्ने औषधि पनि सीमित रहेकाले अति आवश्यक परेमा मात्र वितरण गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

“आवश्यक पर्ने औषधि अभाब भएकाले क्षेत्रीय कार्यालयमार्फत केन्द्रमा माग गरेका छाँै ।” स्वास्थ्य अधिकृत अधिकारीले भन्नुभयो, “कार्यालय सञ्चालनको लागि उपलब्ध बजेटबाट अति आवश्यक औषधि खरिदको तयारी गरेका छौँ ।” 

सरकारले सर्वसाधारणका लागि अति आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेअनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ६७, प्रसूति गृहसहितका स्वास्थ्य चौकीमा ३८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल